आयोग एउटै बनाउने तीन दलको सहमति

७ बैशाख २०६९, बिहीबार १८:४७ मा प्रकाशित

काठमाडौ, ७ बैशाख । प्रमुख राजनीतिक दलहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी विधेयकलाई एउटै विधेयकमा समेटेर अघि बढाउने सहमति गरेका छन् । एकीकृत विधेयक प्रस्तुत गर्न सरकारले यस अघि संसदमा प्रस्तुत यससम्बन्धी विधेयक फिर्ता गर्न दलहरूले सहमति गरेका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीका प्रमुख नेताहरूबीच आज शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा
बसेको बैठकमा यस्तो सहमति भएको हो । बैठकपछि नेपाली काँग्रेसका डा रामशरण महतले सुरुमा दुईवटा विधेयक आएपनि नयाँ परिवेश अनुसार एउटा विधेयक भए पनि हुने भएकाले यस्तो सहमति भएको बताउनुभयो । विधेयक पारित भएर बत्रे यस्तो आयोग सर्वशक्तिमान् हुने उहाँको धारणा छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि द्वन्द्वकालमा जे समस्या सिर्जना भए त्यसलाई समाधान गर्ने दुईवटै विधेयकको एउटै उद्देश्यले भएकाले एउटै विधेयक र आयोग बनाएर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार