लेखा समितिद्वारा खेलकुद प्रतियोगिताको खर्च छानबिनका लागि समिति गठन

७ बैशाख २०६९, बिहीबार १८:४५ मा प्रकाशित

काठमाडौ, ७ बैशाख । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको विवरण छानबिन गर्नका लागि पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको आज सिंहरदरबारस्थित कार्यकक्षमा बसेको बैठकले समितिका सदस्य भानुभक्त जैसीको संयोजकत्वमा कमला पन्त, अल्लाहउद्दीन अन्सारी, प्रमोद गुप्ता र टेकबहादुर बस्नेत सदस्य रहेको सो छानबिन समिति गठन गरेको हो । गत चैत १२ गते बसेको समितिको बैठकले धनगढी र महेन्द्रनगरमा भएको छेटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको फाँटबारीसहितको पेश्की फछ्र्योट चैत २० गतेभित्र गरी त्यसको जानकारी समितिलाई दिन निर्देशन दिएको थियो ।
समितिका सभापति रामकृष्ण यादवले समितिको गत बैठकको निर्णयानुसार सबै प्रतिवेदन समितिलाई प्राप्त नभएकाले प्रतियोगिताका लागि बनाइएको भौतिक संरचनाको स्थलगत अध्ययन गरी यही वैशाख मसान्तसम्म प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको बताउनुभयो । छानबिन समितिले विगत तीन वर्षदेखिको राष्ट्रिय खेलकुद परिषद्को सम्पूर्ण आयव्यय विवरणसमेत खोज्न कार्यादेश पाएको छ । गत चैत १२ गतेकै बैठकले राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको समिक्षात्मक प्रतिवेदनसमेत चैत २५ गतेभित्र बुझाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार