लुटिएको रकम प्रेमिकाको घरमा

१४ माघ २०७०, मंगलवार १६:४३ मा प्रकाशित

धनगढी, १४ माघ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने कैलालीको मालाखेती गाविस वडा नम्बर ३, चौकीडांडामा सोमबार लुटपाट गरेको भनिएको साढे ३ लाख रुपियां प्रेमिकाको घरबाट बरादम भएको छ ।

कञ्चनपुरको रैकवारबिचवा गाविस वडा नम्बर ४ का प्रेमचन्द्र रानाले बैंक अफ काठमाण्डौ अत्तरिया शाखाबाट रकम निकालेर जाने बेला लुटपाट भएको बयान प्रहरीमा दिएका थिए ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरीले रकम लुटपाट भएको भरपर्दो प्रमाण फेला पार्न नसकी रानालाई केरकार गर्दा रकम प्रेमिकालाई राख्न दिएर लुटपाटको नाटक गरेको रहस्य खुलेको हो ।

विवाहित राना केही समययता धनगढीको घुइयाटमा महिलासंग लसपस गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बैंकबाट रकम निकालेर महिलालाई राख्न दिई घरकालाई झुक्याउन लुटपाटको नाटक गरेको प्रहरी नियन्त्रणमा रहेका रानाले बयान दिएका छन् ।

रानाको भनाई उधृत गर्दै कैलाली प्रहरी प्रमुख एसपी मोहन जोशीले भने, ‘झूठो विवरण दिने रानालाई हिरासतमा लिएर कारवाही अगाडि बढाएका छौं ।’

लुटिएको भनिएको रकम घुइयाटमा रहेकी महिलाको घरबाट बरामद गरेको भएको छ । जोशीले पैसा बरामद गरिएको महिलाको नाम भने खुलाउन चाहेनन् ।

साढे तीन लाख मध्ये राना र उनीसंगै रहेका नाताले मामाससुरा पर्ने रामदास रानाले २ हजार ५ सय रुपियांको मदिरा खानपानमा खर्चेका छन् ।
मदिरामा खर्च भएको रकम रामदासबाट असुलउपर गरेर आजै रानाको घरपरिवारलाई दिएको एसपी जोशीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।