स्वाइनफ्लु रोग देखिएन

१४ माघ २०७०, मंगलवार १५:५७ मा प्रकाशित

काठमाडौं, १४ माघ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही समयअघि स्वाइनफ्लु रोगबाट मृत्यु भएको भनिएका सहसचिव भवकृष्ण भट्टराईको सम्पर्कमा आएका व्यक्तिहरुमा स्वाइनफ्लु रोग नदेखिएको जनाएको छ ।

भट्टराईको सम्पर्कमा आएका भनिएका व्यक्तिहरुको घांटीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोशशालामा परीक्षण गर्दा सो रोग नदेखिएको प्रमाणित भएको महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगमा सेवारत सहसचिव भट्टराईको स्वाइनफ्लुका कारण पुस २३ गते मृत्यु भएको थियो । त्यस लगत्तै उनको सम्पर्कमा आएका विभिन्न व्यक्तिहरुको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी