स्थानीयवासी आफै सडक निर्माण गरे

१४ माघ २०७०, मंगलवार १२:२२ मा प्रकाशित

खोटाङ, १४ माघ । खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयवासी आफैले ग्रामीण सडक निर्माण गरेका छन् ।
चन्दा सङ्कलन गरी जम्मा भएको रकमबाट स्थानीयवासीले दुर्छिम–१, पूर्वज शुभेच्छापुञ्जदेखि दुर्छिम–३ र २ हुदै सुनकोसी जोड्ने १२ किलोमिटर लामो ‘मौवापानी–रातमाटे’ सडक निर्माण गरेका हुन् ।
स्थानीय चन्दादाता, उपभोक्ता तथा गाविसका सरकारी कर्मचारीको आर्थिक सहयोगमा सडक निर्माण गरिएको ‘मौवापानी–रातमाटे’ सडक निर्माण उपभोक्ता समितिका सदस्य राजन राईले जानकारी दिए ।
दुर्छिम–२ र ३ का स्थानीयको पहलमा दुई महिना लगाएर रातमाटे सिरान हुादै रातमाटे पुछारको सुनकोसी किनारसम्म सडक निर्माण गरिएको हो ।
उर्वर मानिएको रातमाटेमा व्यावसायिकरूपमा लगाइएको तरकारी, सागसब्जी तथा खसी निर्यातका लागि गाउमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसजित राईले बताए ।
जिल्लामै सबैभन्दा बढी गिट्टी र बालुवा पाइने सुनकोसी र लुभु खहरेबाट निर्माणजन्य वस्तु निकासीका लागि पनि सडक विस्तारले बाटो खुलाएको छ ।
विशेषगरी मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा लुभू खहरेको प्राकृतिक गिट्टी र सुनकोसीको बालुवा निकासी गर्नका लागि पनि सडक सहयोगी हुने अपेक्षा गरिएको सदस्य राईको भनाइ छ ।
कुल २८ लाखको लागतमा पूरा भएको ग्रामीण सडक निर्माणका लागि दुर्छिम–२ का स्थानीय समाजसेवी नयनकुमार राईले चार लाख ५० हजार, यादवकुमार राईले एक लाख, दुर्छिम–३ का हम्बर राईले एक लाख र टेकबहादुर राईले ५० हजार आर्थिक सहयोग गरेका छन् ।
ग्रामीण सडक निर्माण अभियान सफल बनाउनका लागि गाउका इच्छुक दाताहरूबाट कम्तीमा १० देखि बढीमा चार लाख ५० हजारसम्म आर्थिक सहयोग प्राप्त भएको सदस्य राईले बताए ।
उपभोक्ता समितिका अनुसार सडक निर्माणका लागि १ सय ५ घर उपभोक्ताबाट २७ लाख चन्दा उठेको थियो ।
समुदायले थालेको सडक निर्माण अभियान पूरा गर्नका लागि गाविसको एक लाख खर्च गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार