जिल्ला प्रशासन र मालपोत कार्यालय सिन्धुपाल्चोकमा कर्मचारीकै मिलेमत्तोमा ठगी

७ बैशाख २०६९, बिहीबार १०:२१ मा प्रकाशित

काभ्रे, ७ बैशाख । जिल्ला प्रशासन र मालपोत कार्यालय सिन्धुपाल्चोकमा प्रशासनकै कर्मचारीको मिलेमत्तोमा दलालहरुले सर्वसाधरणलाई ठग्ने गरेको रहस्य खुलासा भएको छ । जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिन १० रुपैयाँको टिकट टाँसे पुग्छ तर सिन्धुपाल्चोकमा १ सयदेखि ५ सय रुपियाँसम्म तिर्नु पर्छ । यसरी उठाइएको रकम कुनै राजस्व बापतको होइन, दलालहरुले नागरिकता र मेसिनरिडेबल पासपोर्ट (एमआरपी) को फारम भराइदिएपछि लिने गरेका छन् । सर्वसाधरणहरुले नागरिकतालगायत अन्य कामको लागि फाँटमा पेश गरेको कागजात प्रमाणित गर्न ढिला हुने गर्छ तर दलालहरुले लगेको फाइल भने कर्मचारीहरुले छिटो गराइ दिन्छन् । प्रमुख जिल्ला अधिकारी कमलमणी काफ्ले दलालहरुले विभिन्न बहानामा पैसा असुल्ने गरेको स्वीकार गर्र्नुभयो । जिल्ला मालपोत कार्यालयमा पनि सेवाग्राहीहरुले उस्तै सास्ती खेपी रहेका छन् । जग्गा रजिष्टेशन, जग्गा धनी पूर्जा, जग्गा रोक्का लगायतका काम गर्न ग्रामीण भेगबाट कार्यालय पुग्ने सोझा नागरिक ठगिदै आएका छन् । तर प्रशासनको सबै फाँटमा आफुले दलाल प्रवेश निषेध लेखेर टाँस्नसमेत कर्मचारीहरुलाई निर्देशन दिएको काफ्लेको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका