भोटको ढिके नुननै धेरै प्रयोग

१३ माघ २०७०, सोमबार १६:५१ मा प्रकाशित

बाजुरा, १३ माघ । बाजुराको पूर्वोत्तरी क्षेत्रका कतिपय गाविसमा अहिले पनि आयोडिनयुक्त प्याकेटको नुनभन्दा भोटको ढिके नुनको प्रयोग हुने गरेको छ ।

नेपाल साल्ट ट्रेडिङले वितरण गर्ने आयोडिनयुक्त नुन वितरणमा कमी भएका कारण स्थानीयले ढिके नुनको प्रयोग गर्नु पर्ने बाध्यता भएको हो । ढिके नुन बजारमा सहजै उपलब्ध हुने र आयोडिनयुक्त नुन पाइए पनि प्रशस्त नपाइने भएका कारण समस्या आएको वाई गाविसका नहकुल जोशी बताए ।

बाजुराको पूर्वोत्तरी क्षेत्रका दुर्गम गाविस रुगिन, बिच्छया, बाधु, वाई, जेकोट र साप्पाटालगायतका गाविस हुम्ला जिल्लासंग जोडिएकाले हुम्ला हुंदै भोटबाट ढिके नुन आउने गरेको स्थानीयको भनाइ छ ।

आयोडिनयुक्त नुनले शरीरमा फाइदा पुर्‍याइन्छ भन्ने थाहा नहुदा ढिके नुनको प्रयोग बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेब रामचन्द्र यादवले बताए ।

‘प्याकेटको नुनभन्दा ढिके नुन बढी खपत हुन्छ,’ स्थानीय ब्यापारी पूर्वलाल मलालले भने, ‘प्याकेटको नुन सहज उपलब्ध पनि हुदैन ।’

जिल्ला सदरमुकाम मार्तडी र कोल्टीको डिपोमा नौ रुपिया पर्ने प्याकेट नुन ति गाविसहरुमा ५० रुपिया पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७