काठमाडौ, ७ बैशाख । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्चविवरण नबुझाइएको बारेमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । समितिको कार्यालय सिंहदरवारमा अहिले केहिवेरमा सुरु हुने बैठकमा राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायले राष्ट्रिय खेलकुद प्रतियोगिताको हिसाव नबुझाएको बारेमा छलफल हुने समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकमा युवा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, सचिव लगायतका अधिकारीहरुलाई बोलाइएको छ । समितिको यसअघिको बैठकले बैशाख ५ सम्ममा खेलकुद प्रतियोगिताको आयव्यय बुझाउन निर्देशन दिएको थियो । राखेपले भने समय नपुगेकोभन्दै लेखा समतिसँग थप समय माग गर्ने बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले
काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको
झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो
मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।