संसदमा पाँच अध्यादेश पेस

१३ माघ २०७०, सोमबार १४:१६ मा प्रकाशित

काठमाडौं, १३ माघ । व्यवस्थापिका–संसदमा सरकारले विभिन्न पाँच वटा अध्यादेश पेस गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज (सोमबार) बसेको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनसम्बन्धी विभिन्न चार अध्यादेश पेस गरेका हुन् ।

निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७०, संविधानसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन (दोस्रो संशोधन) अध्यादेश २०७० पेस भएको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्पत्ति शुद्धीकरण निवारण (दोस्रो संशोधन) अध्यादेश–२०७० पनि संसदमा पेस गरेका छन् ।

अन्तरिम मन्त्रिपरिषदको सिफारिसमा संसद नभएका बेला अध्यादेश राष्ट्रपतिबाट जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्धारित समय भन्दा आधा घण्टा ढिला सुरु भएको संसद बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो