अन्यत्रै गर्भपतन गराएर आउंछन् : अस्पताल

१३ माघ २०७०, सोमबार १२:२६ मा प्रकाशित

दाङ, १३ माघ । सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्षको हालसम्ममा १ सय ३ जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । २०६५ सालमा जनस्तरबाट स्थापित अस्पतालले गत वर्षको फागुनदेखि मात्र सुरक्षित गर्भपतनका लागि कानूनी मान्यता पाएको थियो ।

यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप्स सेन्टर तुलसीपुर र परिवार नियोजन संघ दाङले मात्र उक्त सेवा गर्ने पाउने कानूनी मान्यता पाएका थिए ।

अस्पतालका प्रमुख डा.केदारराज सेञ्चुरीले गत साउनदेखि हालसम्म अस्पतालमा १ सय ३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसरी गर्भपतन गराउन आउनेहरूमा २० देखि ४० वर्षका रहेका छन् । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् । जसमा सबैभन्दा बढी दाङका छन् । केही सल्यान र रोल्पा जिल्लाका पनि रहेका छन् ।

अस्पतालले सुरक्षित गर्भपतन गराएबापत एक हजार शुल्क लिने गरेको छ । अस्पतालका प्रमुख डा.सेञ्चुरीले गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुने बताए ।

परिवार नियोजनका साधनहरू अविवाहितका लागि पनि अस्पतालमा नि:शुल्क पाइन्छ । अस्पतालमा गर्भपतन गराउदा सबैल देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनका लागि कानूनी मान्यता नदिएका ठाउमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेको पनि डा.सेञ्चुरीले बताए ।

‘गर्भपतनले महिलाको ज्यान जोखिममा पुर्‍याउंछ,’ उनले भने, ‘प्रत्येक महिनामा १२ जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा रहेका केसहरू अस्पतालमा आउने गरेका छन् ।

अस्पतालले आठ हप्ताको गर्भलाई सामान राखेर, आठदेखि १२ हप्तासम्म गर्भलाई भने मेडिकल सुपरिटेन्डेन्टले तोकिएका औजारको सहायताले गर्भपतन गराउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस