मधेसी कार्यदलले आज मस्यौदा सार्वजनिक गर्ने

७ बैशाख २०६९, बिहीबार १०:२० मा प्रकाशित

काठमाडौ, ७ बैशाख । मधेसका माग र मुद्दा उठाउनको लागि गठन गरिएको कार्यदलले आज मस्यौदा सार्वजनिक गर्ने भएको छ । भावी संविधानमा मधेसको मुद्दा समावेश गर्नभन्दै संविधानसभामा सहभागी बिभिन्न १५ दलका सभासद तथा दलका नेताहरुको बैठकले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मधेसी कार्यदल गठन गरेको थियो । मस्यौदा तयार गर्ने बारेमा छलफल गर्न कार्यदलको बैठक बिहान ११ बजेपछि सिंहदरवारमा सुरु हुनेछ । कार्यदल सदस्य रामरिजन यादवका अनुसार स्वायत्त मधेस प्रदेशलाई मुख्य आधार बनाएर मस्यौदा बनाउने बारेमा बैठकमा छलफल हुनेछ । बिगतका सरकार तथा प्रमुख दलहरुबीच भएका २२, ८ र ४ बुँदे सहमतिको समीक्षासहित कार्यदलले मस्यौदा बनाउनेछ । कार्यदलको मस्यौदाको बारेमा छलफल गर्न आजै मधेसवादी दलका नेता तथा सभासदको संयुक्त बैठक बस्नेछ । दिउँसो २ बजेपछि सिंहदरवारमा बस्ने बैठकले स्वीकृत गरेपछि मस्यौदा आज सार्वजनिक गर्ने कार्यदल सदस्य रामरिजन यादवले सीआईएनलाई जानकारी दिनुभयो । मधेसका मुद्दा सम्बोधन गराउन र जागरण अभियान सञ्चालन गर्ने गरी साझा धारणा तयार पार्ने उद्देश्यका साथ गठित कार्यदलमा लक्ष्मणलाल कर्ण, शरत्सिंह भण्डारी, जितेन्द्र देव, रामरिझन यादव, गोपाल ठाकुर र बृशेषचन्द्र लाल सदस्य रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका