पशुपतिका भट्टको लोभ : भत्ता बढाई देउ

१३ माघ २०७०, सोमबार ०७:०४ मा प्रकाशित

काठमाडौं, १३ माघ । पशुपति क्षेत्र विकास कोषले नियमावलीविपरीत मूल भट्ट तथा सहायक भट्टहरूलाई हरेक विशेष पूजा गरेबापतको बेग्लै कमिसन र भोजन भत्ता दिलाउन प्रस्ताव गर्ने भएको छ । सो प्रस्ताव पर्यटनमन्त्रीसमक्ष सिफारिस गर्ने तयारीसमेत कोषले गरेको छ ।

कोषका सदस्य–सचिव डा। गोविन्द टन्डनको संयोजकत्वमा गठित समितिको आइतबारको बैठकले मूल भट्ट तथा सहायक भट्टहरूलाई विशेष पूजा गरेबापत हरेक पूजामा थप कमिसन तथा भत्ता दिलाउने उद्देश्यले संस्कृतिमन्त्री रामकुमार श्रेष्ठसमक्ष सिफारिस गर्ने तयारी गरेको हो ।

पशुपति मन्दिरमा १ हजार सय रुपैयादेखि २ लाख ५० हजार रुपैयासम्मको विशेष थाली पूजा हुने गर्छ । कोषले १ हजार १ सय रुपैयादेखि माथि २ लाख ५० हजार रुपैयासम्मको प्रत्येक थाली पूजामा मूल भट्ट र सहायक भट्टहरूलाई प्रतिशतका आधारमा भत्ता वृद्धि गर्न लागेको कोषसम्बद्ध एक उच्च कर्मचारीले बताए ।

पशुपति क्षेत्र विकास कोषको मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ को दफा १३ मा भएको व्यवस्थाविपरीत मूल भट्ट तथा सहायक भट्टहरूले विशेष पूजा गरेबापत अतिरिक्त दक्षिणा माग गरेपछि कोष र पदाधिकारीको विवाद समाधान गर्न सरकारले कोषका सदस्य सचिव डा। टण्डनको संयोजकत्वमा तीन महिनाअघि नौ सदस्यीय प्रतिवेदन समिति गठन गरेको थियो । पशुपति क्षेत्र विकास कोषको पूजा व्यवस्थापन नियमावलीमा भट्टहरूलाई विशेष पूजाबापतको कुनै व्यवस्था नभएकाले कोषका सदस्य सचिव टण्डन र भट्टको कमिटीले अतिरिक्त भत्ता थप गर्न लागेको हो ।

यसैगरी, सो समितिले नियमावलीमा हालसम्म कुनै व्यवस्था नै नभएको भट्ट भोजनका लागि अतिरिक्त भत्ता व्यवस्था गर्ने तयारी गरेको छ । कोषका सदस्य सचिव टण्डन र विज्ञ सम्मिलत समितिले मूल भट्ट तथा सहायक भट्टहरूको मासिक तलब–भत्ताबाहेक सो व्यवस्था गर्न लागेको हो । कोषले विशेष पूजाबापत भट्टहरूलाई गर्न लागेको अतिरिक्त व्यवस्थाले कोषको रकम बाहिरिने एक सम्बद्ध कर्मचारीले बताए ।

सदस्य सचिव टण्डन र भट्टहरू सम्मिलित आइतबार बसेको बैठकले ११ सय रुपैयाको विशेष पूजाका लागि मूल भट्टलाई ४४ रुपैयाको अतिरिक्त १ सय ५० रुपैया अतिरिक्त भोजन भत्ता दिने व्यवस्था थप गर्न सिफारिस गरेको छ भने तीनजना सहायक भट्टहरूलाई प्रत्येक थाली पूजामा २२ रुपैया दिने तयारी गरेको छ । सहायक भट्टहरूलाई पनि भोजन भत्ताबापत १ सय ५० रुपैया दिन लागिएको छ । बैठकले २ हजार १ सय रुपैयाका विशेष थाली पूजा गरेबापत मूल भट्टलाई १ सय १० रुपैया र सहायक भट्टहरूलाई ५५ रुपैया दिने प्रस्ताव गरेको छ । २ हजार १ सयको थाली पूजामा सबै भट्टहरूलाई २ सय ५० भोजन भत्ता दिने कोषको प्रस्ताव छ ।

यसैगरी, ५ हजार १ सय रुपैयाको विशेष पूजामा मूल भट्टलाई ३ सय ८ रुपैया र सहायक भट्टलाई १ सय ५४ रुपैया दिने प्रस्ताव गरिएको छ । यो थाली पूजामा सबै भट्टलाई भोजन भत्ताबापत ५ सय रुपैया दिने कोषको प्रस्ताव छ ।

बैठकले ११ हजारको थाली पूजा गरेबापत मूल भट्टलाई ५ सय ६० रुपैया र सहायक भट्टहरूलाई २ सय ८० रुपैया दिने प्रस्ताव गरेको छ । सो पूजाका लागि पनि सबै भट्टलाई ५ सय रुपैयाका दरले भोजन भत्ता दिन लागिएको छ ।

कोषले २७ हजारको विशेष पूजामा मूल भट्टलाई १५ सय ५० र सहायक भट्टहरूलाई ७ सय ६० रुपैया दिने प्रस्ताव गरेको छ । यो पूजामा सबै भट्टलाई भोजन भत्ताबापत बेग्लै ५ सय रुपैया दिन बैठकले प्रस्ताव गरेको छ । बैठकले १ लाख ५६ हजारको विशेष पूजामा मूल भट्टका लागि ४ हजार ६ सय ८० र सहायक भट्टका लागि २ हजार ३ सय ४० रुपैया दिने प्रस्ताव गरेको छ ।

यस्तै, १ लाख ५१ हजारको विशेष पूजाका लागि मूल भट्टलाई १० हजार ४० रुपैया र सहायक भट्टहरूलाई ५ हजार २० रुपैया दिने प्रस्ताव गरेको छ । कोषको बैठकले २ लाख ५० हजारको विशेष पूजाका लागि मूल भट्टलाई ५० हजार र सहायक भट्टहरूलाई २५ हजारको दरले दिने प्रस्ताव गरेको छ । संस्कृतिमन्त्री श्रेष्ठले भने विशेष पूजाको बेग्लै दक्षिणा र भत्ता पाउनुपर्ने माग भट्टहरूले राखेको तर नियमावलीमा व्यवस्था नभएकाले यस विषयमा कुनै पनि निर्णय नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले