महिला शिक्षक अनिवार्य गर्न अदालतको आदेश

१३ माघ २०७०, सोमबार ०६:३७ मा प्रकाशित

हेटौंडा, १३ माघ । पुनरावेदन अदालत मकवानपुरले जिल्लाका सबै सरकारी प्राथमिक विद्यालयमा अनिवार्य महिला शिक्षक राख्न निर्देशनात्मक आदेश दिएको छ । पुनरावेदन अदालत हेटौंडाले शिक्षा कार्यालय मकवानपुरलाई अनिवार्य महिला शिक्षक राख्न आदेश दिएको हो ।

शिक्षा नियमावलीमा २०४९ को नियम ९१ मा प्राथमिक तहमा तीनजनाको दरबन्दी भएमा एकजना, सातजनाको दरबन्दी भएमा दुई र सोभन्दा बढी दरबन्दी भएमा तीनजना महिला शिक्षक अनिवार्य राख्नुपर्ने व्यवस्था रहेको भन्दै  शिक्षा कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

पुनरावेदन अदालतका न्यायाधीश विनोदप्रसाद शर्मा र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले कानुनी व्यवस्थाअनुसार महिला शिक्षक राख्न शिक्षा कार्यालयलाई आदेश दिएको हो ।

शिक्षा नियमावलीअनुसार शिक्षक नियुक्ति नगरिएको भन्दै कृष्णमाया थोकरले अदालतमा रिट दायर गरेकी थिइन् । अब प्राथमिक तहमा महिला शिक्षका अनिवार्य राख्नुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली