रारा तालमा जस्ताको तस्तै समस्या

१३ माघ २०७०, सोमबार ०६:२१ मा प्रकाशित

मुगु, १३ माघ । पर्यटकीय सम्भावना बोकेको मुगु जिल्लाको रारा तालमा घुम्न आउने  पर्यटकहरू अघिल्लो वर्षभन्दा यो वर्षको पुस मसान्तसम्म २२ प्रतिशतले बढेका रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जानकारी दिएको छ ।
रारा ताल घुम्न आउने विदेशी पर्यटक आर्थिक वर्ष २०६९/७० मा १ सय एकजना रहेकामा गत साउनदेखि पुस मसान्तसम्म रारा आउने विदेशी पर्यटकको संख्या ७५ पुगेको छ । गत आवमा विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत ३ लाख  ९ हजार राजस्व संकलन भएकामा चालू आर्थिक वर्षको पुस महिनासम्म २ लाख २५ हजार राजस्व संकलन भएको छ । निकुञ्ज कार्यालयले रारा घुम्न आउने दक्षिण एसियाली मुलुक सार्क मुलुकका पर्यटकबाट प्रवेश शुल्कबापत १५ सय र सार्क मुलुकभन्दा बाहिरकालाई ३ हजार शुल्क लिादै आएको छ ।
निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख गोपाल खत्रीले भने पर्यटक आउादा हामीलाई तालमा डुंगा सयर, साइक्लिङ तथा अन्य मनोरञ्जनका साधन खोज्ने भए पनि रारामा एउटा डुंगा उपलब्ध छैन । हिउा परेका बेला जनावर र पन्छीका नाममा बादेल र कालिज हेर्न सकिने खत्रीले बताए ।
बढ्दो चोरी सिकार तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले आफ्नो क्षेत्रमा पर्ने वन जंगल संरक्षणभन्दा विनाश गर्न अघि बढेका कारण पर्यटकले जीवजन्तु हेर्न खोजे कार्यालयमा राखिएका हिमाली कालो भालु, हिउा चितुवा, मृग, कस्तुरीका छाला र रेडपान्डाको चित्र हेरेर फर्किन बाध्य भएको कार्यालयको भनाइ छ ।
पर्यटकका लागि तालको पानी, कोणधारी सल्लाको जंगल र हिमशृंखलाबाहेक अरू केही छैन । पर्याप्त तथा सुविधा सम्पन्न होटेल, विद्युत्को अभाव मनोरञ्जनका साधनको अभावलगायत धेरै कुराको अभाव हुादा रारा घुम्न आउने पर्यटकले बढीमा दुई दिनभन्दा बढी आफ्नो रारा बसाइलाई लम्ब्याउन सकेको पाइादैन ।
रारा घुम्न आउने पर्यटकले सोचेजस्ता राराका दृश्यहरू आफ्नो क्यामेरामा कैद गर्न नसक्ने अवस्था रहेको देखिन्छ । निमित्त कार्यालय प्रमुख खत्रीका अनुसार रारामा विद्युत् अभावका कारण पर्यटकले आफ्नो क्यामेराको ब्याट्री  मोबाइलसम्म चार्ज गर्न कठिन भएको पर्यटक ग्ुानासो पोख्छन् ।
रारा तालको पर्या पर्यटन प्राकृतिक स्रोतसाधनको संरक्षण तथा पूर्वाधार विकासका लागि वार्षिक लाखांै रकम आउने भए पनि सो रकम बालुवामा पानी हाले जस्तो हुने स्थानीयवासीको भनाइ रहेको छ भने राराको अवस्थाजस्ताको त्यस्तै रहेको छ ।
रारा घुमाइका लागि आउने स्वदेशी तथा आन्तरिक पर्यटकलाई सहज हवाई वा सडक यातायात नहुादा अझै पर्यटक भित्रिन सकेका छैनन । राराकै विकासका लागि जिल्ला विकासले यसभन्दा अगाडि दुईओटा महोत्सव गरे पनि खासै विकास भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको