विवादित विषयबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै

७ बैशाख २०६९, बिहीबार १०:१९ मा प्रकाशित

काठमाडौ, ७ बैशाख । भावी संविधानका विवादित बिषयमा सहमति जुटाउने बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज पनि बस्दैछ । प्रमुख तीन दलको बैठक मध्यान्ह् १२ बजेपछि सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा सुरु हुनेछ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउने बारेमा छलफल हुनेछ । भावी संविधानका विवादका बुँदामा सहमति गर्नभन्दै हिजो दलहरुको बैठक बसे पनि शीर्ष नेताहरुको अनुपस्थितिका कारण बिभिन्न आयोग गठनको बारेमा सामान्य छलफल भएको थियो । दलहरूबीच अझै राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति जुट्न बाँकी छ । विवादित सबै विषयमा सहमति जुटाउन भन्दै यसअघि काठमाडौंको हात्तीवन रिसोर्टमा दलहरूको बैठक बसेको थियो । छलफल सहमति नजिक पुगेकोले अब केही दिनमै सबै विषयलाई टुङ्ग्याउन सफल हुने नेताहरूले दाबी गर्दै आए पनि बैठकहरु उपलब्धिमुलक हुनसकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।