नराम्रो उदाहरणका लागि ‘भन्सार’ : कोइराला

१२ माघ २०७०, आईतवार १६:३३ मा प्रकाशित

काठमाडौं, १२ माघ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सदाचारी आचरण, सूचना प्रविधिको विकास र भौतिक पूर्वाधारमा लगानी बढाउन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
६२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज (आइतबार) काठमाडौंमा भन्सार विभागले गरेको कार्यक्रममा मन्त्री कोइरालाले नराम्रोको उदाहरण दिनुपर्‍यो भने भन्सारको नाम लिने परम्परा चिर्नु पर्ने बताए । उनले भन्सारलाई लाग्दै आएको नराम्रा कुरा सुधारको गति तीब्र बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले कुनै पनि देशको भन्सार विन्दु भनेको त्यो देशको आर्थिक स्वास्थ्य र भौतिक विकास हेर्ने सूचक भएकाले भन्सारलाई कर उठाउने नसोचेर सहजीकरण गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताए ।
‘भन्सारलाई कागजविहीन निकाय बनाउने तर्फ प्रयास थाल्नुस्,’ उनले भने, ‘विश्व व्यापार संगठन, साफ्टालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले गरेको प्रतिवद्धता व्यापार सहजीकरणमा आधारित छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली