‘मुलुक अब संवैधानिक प्रक्रियामा आयो’

१२ माघ २०७०, आईतवार १६:३१ मा प्रकाशित

काठमाडौं, १२ माघ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठकसँगै संविधान निर्माणको प्रक्रिया प्रारम्भ भएको भन्दै देशवासीमा नयाँ आशाको पलाएको बताएका छन् ।
ब्यवस्थापिका संसदको पहिलो बैठकलाई आज (आइतबार) संविधानसभा भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै रेग्मीले अधुरो रहेको संविधान निर्माणको कार्यलाई पुरागर्नु पर्ने बताए ।
‘गत माघ ८ गते संविधानसभाको पहिलो बैठक बसी संविधान निर्माणको प्रक्रिया प्रारम्भ भएको घटनाले अहिले देशवासीमा नयाँ आशाको सञ्चार गराएको छ,’ उनले भनेका छन्, ‘अधुरो रहेको संविधान निर्माणको कार्यलाई पूर्णता, प्रदान गर्ने र जननिर्वाचित सरकारको गठन गर्ने लगायतका सबै राजनीतिक र संवैधानिक प्रक्रियाको ढोका खुलेको छ ।’
उनले अहिलेसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई सास्थागत गर्न संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने नेपाली जनताको चाहनालाई साकार पार्नु नै अहिलेको प्रमुख राष्ट्रिय दायित्व रहेको बताए ।
२०६४ साल चैत्र २८ गते भएको निर्वाचनबाट गठित संविधानसभाको निरन्तर प्रयासका बाबजुद संविधान निर्माणको प्रक्रिया पुरा हुन नसकेको स्मरण गरेका अध्यक्ष रेग्मीले वर्तमान सरकारले आफ्नो जिम्मेवारी पुरा गरेको बताए ।
‘राजनीतिक दलहरुको सुझबुझ र बुद्धिमत्तापूर्ण समझदारीबाट संविधान निर्माण र राज्य व्यवस्था सञ्चालनको क्षेत्रमा देखिएको राजनीतिक र संवैधानिक अन्यौलताको स्थितिलाई हटाउदै नेपाली जनताको ताजा अभिमतबाट पुन: संविधानसभाको गठन गर्न सकिएकोमा मलाई अत्यन्त खुसी र सन्तोषको अनुभूति भएको छ,’ रेग्मीले भनेका छन् ।
जवाफदेहीता अभिबृद्धि गर्ने जनप्रतिनिधियुक्त संस्थाको क्रियाशीलताबाट विगतमा यसको अभावमा महसुस गरिएको बताएका उनले रिक्तताको स्वत: अन्त्य भई संवैधानिक प्रक्रियाको थालनी भएको बताए ।
राष्ट्रपतिले आह्वान गरे पछि आज ब्यवस्थापिका संसदको पहिलो बैठक बसेको हो । बैठकमा सबै दललाई धारणा राख्न समय उपलब्ध गराईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०