सुपारी तस्कर र प्रहरीबीच झडप

१२ माघ २०७०, आईतवार १६:११ मा प्रकाशित

महोत्तरी, १२ माघ । सुपारी तस्कर र प्रहरीबीच महोत्तरीको ईटहर्वाकटिमा झडप भएको छ । मनरा–ईटहर्वाकटिको बाटो हुँदै भारत तर्फ तस्करी हुन लागेको सुपारी तस्करलाई नियन्त्रणमा लिने क्रममा शनिबार राति झडप भएको हो ।
सुपारी तस्करहरुलाई पक्राउ गर्न खोज्दा करीव आधा घण्टा झडपको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
तस्करहरु भाग्न सफल भएपनि भरिया ईटहर्वाकटि–१ का बजरंगी पासवानलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरी हवलदार शंंकर भट्टको नेतृत्वमा खट्टिएको टोलीले नेपाल–भारत सीमानामा ६ वटा साईकलमा लोड गरी भारत तर्फ लग्दै गरेको चार क्वीन्टल सुपारी सहित पासवानलाई पक्राउ गरेको जनाएईएको छ । बरामद सुपारीको बजार मूल्य ७० हजार भारतीय रुपियाँ पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको