संर्घषबाटै जनसंविधान बनाउने चेतावनी

१२ माघ २०७०, आईतवार ११:२० मा प्रकाशित

नवलपरासी, १२ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सडक संर्घषबाटै जनसंविधान बनाउने चेतावनी दिएका छन् ।
नेकपा–माओवादीको अवध राज्यस्थित केन्द्रीय सदस्यहरुको आज (आइतबार) नवलपरासीमा भएको गोप्य बैठकमा बैद्यले आफूहरुलाई वेवास्ता गरिए जनसंविधान घोषणा गर्ने बताएका हुन् । एक केन्द्रीय सदस्यका अनुसार बैद्यले जस्तो सकै आन्दोलनका लागि पनि तयार रहने निर्देशन दिए ।
संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने दोहराएका उनले संर्घषबाट मात्र जनसंविधान बनाउन सकिने बताए ।
बैठकमा नवलपरासी, रुपन्देही, कपिलवस्तुमा रहेका केन्द्रीय सदस्य तथा सल्लाहाकारहरुको सहभागिता छ । नेकपा माओवादीको अवध राज्यमा केन्द्रीय सदस्य र सल्लाहाकार गरी ९ जना छन् ।
अध्यक्ष बैद्यले केन्द्रीय सदस्यहरुलाई गाउंदेखि जिल्ला तहसम्म जनसमिति गठनको कार्यलाई तीब्रता दिन निर्देशन दिए । जनसमितिहरुले जनसरकार र जनअदालतको काम गर्ने उनको दाबी छ ।
अध्यक्ष वैद्यले जनयुद्धको उद्देश्य प्राप्तिका लागि जस्तो सुकै बलिदानका लागि तयार हुनु पर्ने बताए । उनले जनविद्रोह र जनयुद्धबाट कोही पनि हट्न नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा