कांग्रेस संसदीय दलको निर्वाचन विवादका कारण रोकियो

१२ माघ २०७०, आईतवार ०९:५० मा प्रकाशित

काठमाडौ, १२ माघ । कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान विवादका कारण रोकिएको छ । मदतानमा १७ जना सभासदले भोटहाले पनि १६ जनाको मात्र देखिएपछि संसदीय दलको नेताका लागि भएको निर्वाचनमा विवाद भएको हो । १७ औं नम्बरमा सभासद रामचन्द्र चौधरीले मतदान गरेका थिए । तर, मेसिनले १६ भोट मात्र देखाए पछि विवाद बढेको थियो । बिवाद बढे पछि निर्वाचन प्रकिया रोकिएको छ । निर्वाचन संयोजक दिलेन्द्र बडुले निर्वाचन प्रक्रिया अगाडि बढाउन कोसिस गरे पनि देउवा पक्षधर नेता रमेश रिजालले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आपत्ति जनाएका थिए । विवाद बढेपछि मतदान स्थल पुगेका आएका उपसभापति रामचन्द्र पौडेलले समितिलाई विवाद नगर्न र मतपत्र छाप्नेसहितका विषयमा छलफल गर्न सुझाव दिएका छन् । यसैंबीच दुबै उम्मेदवारलाई राखेर निर्वाचन संयोजक दिलेन्द्र बडुले छलफल गरिरहेका छन्। निर्वाचन प्रक्रियालाई अगाडि बढाउन छलफल गरिएको हो । कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा छन् । १ सय ९६ सभासद रहेको कांग्रेसमा कोइराला र देउवा दुई स्थानबाट निवार्चित भएको भएपनि मतदान प्रक्रियामा भने एक–एक मत मात्र कायम हुने भएकाले १ सय ९४ मतदाता रहनेछन् । शनिबार राति अबेरसम्म पनि सहमति प्रयास असफल भएपछि कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट छानिन लागेको हो । उपसभापति रामचन्द्र पौडेलले भने कोइरालालाई समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा