मनाङको जित

१२ माघ २०७०, आईतवार ०६:१७ मा प्रकाशित

काठमाडौं, १२ माघ । दशरथ रंगशालामा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिग फुटबलमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।
शनिबार भएको पहिलो खेलमा संकटालाई २–० ले पराजित गर्दै मनाङको ८ खेलबाट १९ अंक पुर्‍याएको हो ।  दोस्रो स्थानमा रहेको साविक विजेता थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
मनाङका योना इलिसले ६६औं मिनेटमा सुलभ मास्केको पासलाई सदुपयोग गर्दै गोल गरे ।  खेलको ८८औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा दोस्रो गोल गरेका थिए ।
पहिलो हाफमा दबाबमा खेलेको मनाङले मुभहरू सिर्जना भने गर्न सकेन ।
दोस्रो हाफमा आक्रामक  बन्दा मनाङले स्कोर गर्‍यो । ८८औं मिनेटमा मनाङले अग्रतालाई दोब्बर पार्दा संकटालाई ओलावालेको अभाव खट्केको थियो ।
‘तीन अंक बटुलेकामा म ज्यादै खुसी छु, अब हामीले कडा प्रतिस्पर्धा गर्दैछौं र उपाधि जितका लागि ढुक्क छौं,’ मनाङ–मस्र्याङ्दी क्लबका प्रशिक्षक हरिओम श्रेष्ठले भने, ‘हामीले पहिलो हाफसम्म गोल लाइनसम्म पुर्‍याउन असफल भयौं, अनिल गुरुङ मैदान छिरेपछि हामीले राम्रा प्रयत्न गर्‍यौं ।’
‘हामीले मनाङ–मस्र्याङ्दीको योजनालाई चकनाचुर पार्‍यौं, तथापि, अन्तमा हामी विफल भयौं,’ संकटाका प्रशिक्षक राजुकाजी शाक्यले भने । शाक्यले यसअघि निष्कासित भएका खेलाडी ओलावाले अफेजको अभाव खड्केको गुनासो गरे ।
त्यसैगरी, शनिबार नै भएको अर्को खेलमा जावलाखेलले ब्वाइज युनियनलाई १–० गोलले पराजित गरेको छ । उसका लागि खेलको पाँचौं मिनेटमा जावलाखेलका प्रदीप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जावलाखेल ११औं स्थानमा छ र उसले रेलिगेसनको खतरा टार्न खोज्दै छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुच्छारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।
सुरुमै गोल गर्न सफल भएपछि जावलाखेल सम्हालिएर खेलेको थियो । ब्वाइज युनियनले जावलाखेलविरुद्ध प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । यो हारसागै व्वाइज युनियनलाई रेलिगेसनको खतरा बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,