राष्ट्रिय तेक्वान्दो सुरु

१२ माघ २०७०, आईतवार ०६:१५ मा प्रकाशित

काठमाडौं / प्रथम लुम्बिनी च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय तेक्वान्दो सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो युनियनद्वारा सञ्चालित प्रतियोगिताको पुरुष तर्फ ५४ केजीमा पश्चिमाञ्चलका रविन अधिकारी र पूर्वाञ्चलका कर्ण मगर फाइनलमा प्रवेश गरेका छन् । रविनले राष्ट्रिय विद्यालयका निरञ्जन श्रेष्ठलाई र कर्णले मध्यपश्चिमका नवीन खड्कालाई पराजित गरे ।
५८ केजीमा सुदूरपश्चिमका सुजन सिंहले राष्ट्रिय विद्यालयका
वीरेन्द्र श्रेष्ठलाई पराजित गर्दै फाइनलमा पूर्वाञ्चलका उगेल प्रधानसाग भिड्ने भएका छन् । उगेलले मध्यमाञ्चलका आकाश श्रेष्ठालाई पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगिताको शनिबार उद्घाटन गरे । सो अवसरमा बोल्दै सदस्य सचिव लामाले स्थापनाको छोटो कार्यकालमा राष्ट्रिय तेक्वान्दो युनियनको क्रियाकलापलाई हेर्दा यसको स्थापनालाई पुष्टि गर्न पर्याप्त भएको बताए ।
युनियनद्वारा खेलाडी सम्मानित
राष्ट्रिय तेक्वान्दो युनियन नेपालले शनिबार अन्तराष्ट्रिय पदकधारी खेलाडीलाई सम्मान गरेको छ । प्रथम राष्ट्रिय लुम्बिनी च्याम्पियनसिपअन्तर्गत सुरु भएको राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दौरान विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा कोरियाको जेजुमा आयोजित १३ औं जेजु अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५४–५८ केजी  तौल समूहमा दोस्रो स्थान प्राप्त गर्न सफल खेलाडी रविन अधिकारी र ४७ केजी तौलमा तारा पराजुली यस्तै जेन्जु खुला तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गर्ने ५३ केजीमा सुनिता श्रेष्ठ, ब्लाकबेल्ट सिनियर पुम्सेमा बुद्धिबहादुर थापामगर र चौथो डान पुम्सेतर्फ प्रमोदबहादुर राना रहेका छन् । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले कदरपत्र प्रदान गरेका थिए ।
चोल काठमाडौंमा
एसियाली तेक्वान्दो महासंघका महासचिव मास्टर सोनु चोल र मास्टर री चोल काठमाडांैमा आइपुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको