नेपालको पछिल्लो राजनीतिक गतिविधिबारे भारतीय राजदूतको चासो

६ बैशाख २०६९, बुधबार २१:०४ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौ, ६ बैशाख । नेपालका लागि भारतीय राजदुत जयन्तप्रसादले एमाले अध्यक्ष झलनाथ खनालसंगको भेटमा नेपालको पछिल्लो राजनीतिक गतिविधिबारे जिज्ञाशा राखेका छन् ।

बुधबार एमाले अध्यक्ष खनालको निबासमा भएको भेटमा राजदुत जयन्तप्रसादले सेना समायोजनको आधारभूत काम सकिए पछिको अबस्था र संबिधान निर्माणमा भएको प्रगतिका बिषयमा कुराकानी भएको थियो।

भेटमा राजदुत जयन्तप्रसाद र भारतीय बिदेश मन्त्रालयका नर्थ डिभिजन प्रमुख अखिलेश्वर मिश्राले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य सेना समायोजन सम्बन्धी आधारभूत विषय टुंयाउँने सम्बन्धमा दलहरुवीच सहमति भएकोका लागि बधाई ज्ञापन गर्दै जारी शान्ति प्रक्रिया र नयाँ संबिधान निर्माण निर्धारित समयमै पुरा गर्न मित्र राष्ट्र भारतको तर्फबाट शुभेच्छा व्यक्त गरेका थिए ।

अध्यक्ष खनालसंगको भेटमा राजदूत प्रसादले नेपालको आर्थिक विकासका लागि भारतले सक्दो सहयोग गर्न सधै तत्पर रहेको वताएका थिए । भेटमा नेपालको सबैभन्दा पुरानो बीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरको संचालन, जयनगर–बर्दिबास रेलवे सेवा बिस्तार लगायतका बिषयमा समेत कुराकानी भएको खनालको निजि सचिव रामबाबु अधिकारी बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

गलेश्वर। पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट

आजको प्रमुख समाचार