सभापति कोइराला दलको नेता निर्बाचित हुदै, देउबाको सभाशद खरिद गरेर दलको नेता बन्ने योजना तुहियो

१२ माघ २०७०, आईतवार ०५:४८ मा प्रकाशित

काठमाडौ, १२ माघ । अन्तिम समय सम्म पनि शेरबहादुर देउबाले आफ्नो उम्मेदबारी फिर्ता लिएनन् भने कांग्रेस संसदीय दलको नेता छान्ने निर्वाचनको लागि आज बिहान ११:०० बजे मतदान हुने छ । शनिबार राति १० बजे सम्म सारिएको उम्मेदबारी फिर्ताको समयमा पनि शेरबहादुर देउबाले आफ्नो उम्मेदबारी फिर्ता नलिए पछि सहमतिमा सभापति सुशील कोइरालालाई सर्वसम्मत दलको नेता चयन गर्ने दोस्रो पुस्ताको नेताहरुले गरेको अन्तिम प्रयास असफल भएको हो । आज बिहान सम्मको अबस्थामा उपसभापति रामचन्द्र पौडेलको समर्थनमा सभापति सुशिल कोइराला र बरिष्ट नेता शेरबहादुर देउबा बीच प्रतिस्पर्धा हुने भएको हो । यद्यपी आज बिहान पनि नेताहरु रामशरण महत र कृष्ण सिटौलाले शेरबहादुर देउबालाई मनाउन सहमतिको अन्तिम प्रयास जारी राखेका छन् । यता उम्मेदवारीको फारम लिएर गएका उपसभापति रामचन्द्र पौडेलले शनिबारनै उम्मेदवारी नदिएर सभापति सुशिल कोइरालालाई समर्थन गरेका थिए । पौडेल र कोइरालाबीच शनिबार भएको सहमतिमा सभापति कोईरालाले एक वर्ष सरकारको नेतृत्व गरुन्जेल पौडेलले पार्टीमा कार्यबाहक सभापतिको हैसियतले काम गर्ने अवशर पाउने छन् । उता नेता शेरबहादुर देउबा भने सभाशद खरिद गरेर भए पनि दलको नेता बन्ने अन्तिम कोसिश गर्दै शनिबार रातभर सभाशदसंगको मोल मोलाईमा व्यस्त रहे । यद्यपि उपसभापति रामचन्द्र पौडेलको समर्थन सभापति सुशिल कोइरालालाई हुने भए पछि दलको नेता हुन आवश्यक गणपुरक संख्या नपुग्ने ठहरमा पुगेका देउबाले कार्यबाहक सभापति आफुलाई दीइनु पर्ने सर्त सहित उम्मेदबारी फिर्ता लिने संभावना रहेको उनि निकट नेताहरुले जानकारी दिएका छ । तर यस अघिनै उपसभापति रामचन्द्र पौडेलले आफ्नो उम्मेदबारी फिर्ता लिएर सभापति सुशील कोइरालालाई दलको नेतामा समर्थन गरेका कारण यस पटक देउबाको मोल मोलाईको राजनीति खेर गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा