एमाले नेताहरुमा बढ्यो मनमुटाव

१२ माघ २०७०, आईतवार ०५:४५ मा प्रकाशित

काठमाडौं, १२ माघ । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओलीसहित चार शीर्ष नेता दाबेदार देखिएका छन् ।
नवौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने बहस प्रारम्भ भएलगत्तै संसदीय दलको नेतामा खनाल, ओली, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी दाबेदार देखिएका हुन् । वरिष्ठ नेता माधवकुमार नेपालले भने दलको नेतामा अहिलेसम्म रुचि देखाएका छैनन् । २०४८ सालयता पार्टी प्रमुख नै संसदीय दलको नेता हुादै आएको भन्दै उनी संसदीय दलमा सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन् ।
अध्यक्ष खनाल पार्टी प्रमुख नै दलको नेता हुने विगतको प्रचलनलाई आधार मानेर दाबेदार देखिएका हुन् भने ओलीसहितका नेता भने आगामी महाधिवेशनपछिको नेतृत्वसहित एक व्यक्ति एक पदको अवधारणामा अहिल्यै सहमत नभए उम्मेदवारी दिने निष्कर्षमा छन् । स्रोतका अनुसार ओलीले नवौं महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउने कुरामा सर्वसम्मति नभए दलको नेतामा उम्मेदवारी दिने निकटस्थहरूसाग बताइरहेका छन् । उता, गौतम र भण्डारीले पनि पछि नहट्ने भन्दै आफूलाई दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । चार शीर्ष नेताको दाबेदारीसागै दलको नेता र नवौं महाधिवेशनपछिको आगामी नेतृत्वबारे अहिल्यै सर्वसम्मति हुन नसके दलको नेतामा पनि निर्वाचन हुने सम्भावना बढेको छ ।
केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठकअगावै शीर्ष तहका नेताहरूबीच एक व्यक्ति एक पदको अवधारणाअनुसार नवौं महाधिवेशनबाट आगामी नेतृत्वसमेत सहमतिमा चुुनिनुपर्ने भन्दै उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलले आन्तरिक रूपमा दबाबसमेत सिर्जना गरिरहेका छन् । एक व्यक्ति एक पदको अवधारणासहित उनीहरूको दबाबसागै नेताहरूबीच ठोस सहमति हुन नसक्दा शनिबार (हिजो) डाकिएको स्थायी समिति बैठकसमेत स्थगित भएको छ । बैठकका लागि अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी, सचिवहरू युवराज ज्ञवाली, शंकर पोखरेल, नेता भरतमोहन अधिकारी उपस्थित भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेल र अमृतकुमार बोहरा अनुपस्थित थिए ।
स्रोतका अनुसार गत ९ माघमा तोकिएको स्थायी समिति बैठक अध्यक्ष खनालले आफूखुसी सारेको भन्दै असन्तुष्टि जनाउादै ओली र पोखरेल अनुपस्थित भएका हुन् । बैठकमा अनुपस्थित दुवै नेताबीच महासचिव पोखरेल निवास धुम्बाराहीमा दिउासो छुट्टै छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा