दलको नेतामा दाहालकै सम्भावना

१२ माघ २०७०, आईतवार ०५:३६ मा प्रकाशित

काठमाडौं, १२ माघ । एकीकृत नेकपा माओवादीले विद्यमान केन्द्रीय समिति विघटन गर्ने भएको छ । उसले पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति निर्माण गर्ने भएको छ ।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा शनिबार बसेको कार्यालय सदस्य तथा पूर्वपोलिटब्युरो सदस्यहरूको बैठकले विद्यमान केन्द्रीय समितिलाई विघटन गर्दै आवश्यकताका आधारमा महाधिवेशन आयोजक समिति बनाउने गरी जान नेतृत्वलाई सुझाव दिएपछि एमाओवादीले केन्द्रीय समिति विघटन गर्न लागेको हो ।
केन्द्रीय समिति बैठकमा छलफलका क्रममा रहेको अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमा पनि केन्द्रीय समिति विघटन गर्दै आगामी जेठसम्म केन्द्रीय सम्मेलन गरी निर्वाचित नयाा केन्द्रीय समिति चयन गर्ने प्रस्ताव गरिएको थियो । यद्यपि, उसले पार्टीको विशेष महाधिवेशन गर्ने या सम्मेलन भन्ने विषयमा भने अझै कुनै निर्णय लिएको छैन ।
पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीका अनुसार शनिबार सुझाव राख्ने अधिकांश नेताहरूले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउन सुझाव दिएकाले त्यहीअनुसार विद्यमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव अध्यक्षले अब बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । केन्द्रीय समिति बैठक भोलिसम्म (१३ माघ) सम्मका लागि स्थगित गरिएको छ ।
‘विशेष महाधिवेशन गर्ने या सम्मेलन भन्ने विषयमा निर्णय नभइसके पनि विद्यमान केन्द्रीय समिति विघटन गरेर सानो आकारको महाधिवेशन आयोजक समिति बनाउने विषयमा मोटामोटी निर्णय भएको छ,’ बैठकपछि वलीले राजधानीसाग भने, ‘तर, आयोजक समितिको संख्याका विषयमा भने आवश्यकताका आधारमा निर्धारण गर्न सकिने कुरा भएको छ ।’
त्यस्तै, बैठकमा नेताहरूलाई कार्यक्रमसाग कसरी जोड्ने, केन्द्रीय सदस्यहरूको सेटिङ कसरी गर्ने भन्ने विषयमा पनि छलफल चलेको उनले बताए । ‘केन्द्रीय सदस्यहरूको कार्यविभाजन पार्टीको कार्ययोजनासाग कसरी जोड्ने भन्ने विषयमा पनि छलफल चलेको छ, तर त्यस विषयमा अझै निर्णयमा पुगिएको छैन,’ उनले भने । यस्तै, संसदीय दलको नेताका विषयमा भने एमाओवादीले दोस्रो पुस्ताका नेतालाई पठाउने या अध्यक्षले नै नेतृत्व गरेर जाने भन्ने दुई विकल्पमा छलफल चलाएको छ ।

दोस्रो पुस्ताका नेताहरूलाई पठाउादा विवाद देखिने भएपछि दाहाल नै दलको नेता बन्ने सम्भावना बढेर गएको छ ।
नेता डा. बाबुराम भट्टराईले यसअघि नै संविधान जारी नभएसम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा नबस्ने औपचारिक घोषणा गरेका थिए । दोस्रो पुस्ताबाट छनोट गर्दा अध्यक्ष दाहालले कृष्णबहादुर महरा र भट्टराईले टोपबहादुर रायमाझीलाई अगाडि सारेका थिए ।
‘मुख्य नेतृत्वले नै दलको नेता बनेर जाने या दोस्रो पुस्ताबाट जाने भन्ने दुवै विषयमा छलफल भएको छ, तर निर्णय भइसकेको छैन,’ अर्का पूर्वपोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने । उनले आइतबार यस विषयमा टुंगोमा पुगिने जानकारी दिए ।
‘हामी यो विषयमा आइतबार बिहान पनि छलफलमा जुट्दै छौं, सम्भवत: आइतबार दलको नेता, उपनेताका विषयमा टुंग्याउनेछौं ।’
यसअगाडि जारी केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरी एमाओवादी शीर्ष नेताहरू कार्यविभाजनमा
जुटेका हुन् ।
शुक्रबारबाटै सामान्य छलफलमा जुटेका नेताहरूले शनिबार यस विषयमा बृहत् छलफल गरेका हुन् । अध्यक्ष दाहालले कार्यविभाजनका विषयमा तयार पारेको खाकामा रहेर नेताहरूले छलफल गरेका थिए ।

दाहालपुत्रले सचिवालय छाड्ने
एमाओवादी जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको कार्यशैलीलाई लिएर केन्द्रीय सदस्यहरूले आलोचना गरेपछि उनले हेडक्वार्टर छोड्ने घोषणा गरेका छन् ।
उनले शनिबार विज्ञप्ति जारी गदै हेडक्वार्टरमा बसेर आफूले कुनै सुविधा नभोगेको भन्दै दाहालको स्वकीय सचिवालयमा नबस्ने घोषणा गरेका हुन् ।
उनले हेडक्वार्टरमा आफ्नो रहरले नभई पूर्वस्थायी समितिको आग्रहमा बसेको बताएका छन् । उनले पार्टीले खटाएको कार्यक्षेत्रमा जाने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा नेतृ रेणु चन्दले अध्यक्ष दाहालका पुत्र प्रकाशका कारण पार्टी बदनाम भएको भन्दै उनलाई हेडक्वार्टरबाट हटाउन माग गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको