नियमावलीविपरीत पशुपतिका भट्टहरूलाई दक्षिणामा कमिसन

१२ माघ २०७०, आईतवार ०५:२१ मा प्रकाशित

काठमाडौ, १२ माघ । पशुपतिनाथ मन्दिरका मूल भट्ट तथा सहायक भट्टहरूले नियमावलीविपरीत विशेष पूजाको दक्षिणाबाट २५ प्रतिशत कमिसन पाउनुपर्ने माग गरेका छन् । भट्टहरूले आफ्नो नियमित तलबभत्ताबाहेक पनि विशेष पूजाको दक्षिणाबाट बेग्लै कमिसन माग गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषको मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ विपरीत पशुपतिका मूलभट्ट तथा सहायक भट्टहरूले विशेष पूजाबाट प्राप्त हुने दक्षिणाबाट कमिसन पाउनुपर्ने माग गरेपछि पशुपति क्षेत्र विकास कोषमा कर्मचारी र पदाधिकारीबीच विवाद बढेको छ ।
पशुपति मन्दिरको पूजा व्यवस्था नियमावली २०६८ को दफा १३ मा भट्टहरूले मन्दिरको नित्यपूजा, पर्वपूजा तथा विशेष पूजा गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा भट्टहरूले विशेष पूजा गरेबापत मन्दिरलाई प्राप्त हुने दक्षिणा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । पशुपति मन्दिरका भट्टहरूले विशेष पूजाको दक्षिणामा कमिसनको माग गरेपछि भट्ट र कोषका पदाधिकारीबीचको विवाद पर्यटन तथा संस्कृतिमन्त्री रामकुमार श्रेष्ठसम्म पुगेको छ ।
कोषका अनुसार पशुपति मन्दिरमा दैनिक ११ सय, २१ सय, ५१ सय, २५ हजार रुपैयाादेखि २ लाख ५० हजार रुपैयाासम्मको विशेष पूजा गर्ने हुने गर्छ ।
विशेष पूजाका लागि कोषबाट अग्रिम टिकट लिनुपर्छ । तर, नियमावलीमा पशुपतिका मूलभट्ट तथा सहायक भट्टहरूले विशेष पूजाबापत दक्षिणा पाउने व्यवस्था नरहेकाले पशुपति क्षेत्र विकास कोषका उच्च पदाधिकारीहरूले नियमावलीमा संशोधन गराउने प्रयास गरिरहेको कोष सम्बद्ध एक अधिकारीले बताए । दक्षिणाबाट भट्टहरूलाई कमिसन दिन नमिल्ने व्यवस्था भएकाले मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गराउने प्रयास भइरहेको कोषका एक अधिकारीले बताए ।
भट्टहरूले विशेष पूजाबापत मन्दिरमा चढाइने दक्षिणाबाट २५ प्रतिशत कमिसन पाउनुपर्ने माग गरेपछि कोषका उच्च पदाधिकारी र कर्मचारीबीच नै विवाद बढेको छ ।
कोषका अनुसार पशुपतिका मूलभट्टले तलबबापत ४० हजार, दैनिक पूजाबापत प्रतिदिन ३ हजारको दरले मासिक ९० हजार, अतिरिक्त खर्च व्यवस्थापनबापत मासिक ३० हजार, पर्व जात्रा खर्च व्यवस्थापनबापत प्रत्येक महिना ३० हजार र इन्धन तथा स्वास्थ्य उपचारसहित मासिक कुल ३ लाख ५० हजार रुपैयाा पाउने गरेका छन् ।
यसैगरी, पशुपतिका सहायक भट्टहरूले मासिक तलबबापत ३० हजार, चाडपर्व पूजाबापत ३० हजार, पूजा भत्ताबापत दैनिक २ हजारको दरले मासिक ६० हजार, पर्व जात्रा पूजाबापत २० हजार र उपचार यातायातलगायत गरी कुल २ लाख ५० हजार रुपैयाा तलब पाउने गरेका छन् ।
पशुपति मन्दिरको पूजा व्यवस्था नियमावली २०६८ को दफा १३ मा भट्टहरूले मन्दिरको नित्यपूजा, पर्व पूजा तथा विशेष पूजा गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा भट्टहरूले विशेष पूजा गरेबापत मन्दिरलाई प्राप्त हुने दक्षिणा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पशुपतिका मूलभट्ट तथा सहायक भट्टहरूले विशेष पूजाबाट कमिसन पाउनुपर्ने विषयमा कोष कर्मचारी र पदाधिकारीहरूबीच विवाद चर्किएपछि पर्यटन तथा संस्कृति मन्त्रालयले कोषका सदस्यसचिव डा.गोविन्द टण्डनको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज