यसरी हत्या गरियो मिनाक्षीको

६ बैशाख २०६९, बुधबार २०:२२ मा प्रकाशित

काठमाडौ, ६ बैशाख (एजेन्सी)। फिल्ममा अभिनय गरेर करिना कपुरजस्तै हिट बन्ने चाहना थियो, बलिउडमा स्थापित हुन संघर्ष गरिरहेकी नेपाली चेली मिनाक्षी थापाको । नभन्दै छोटो समय उनले त्यो यात्रामा पाइला समेत अघि बढाइसकेकी थिइन् । तर बलउडकै दुईजना जुनियर फिल्मकलाकार अमित जैसवाल र प्रीति एलिभिना सुरिनले फिरौतीका लागि मिनाक्षीको अपहरणपछि हत्या गरेको मुम्बइ प्रहरीको क्राइम ब्रान्चलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

मिनाक्षी चलचित्र ‘हिरोइन’को सुटिङमा थिइन् । उनको दुवैजनासँग यही फिल्मको सुटिङका क्रममा दुई महिनाअघि मुम्बइमा भेट भएको थियो । त्यसलगत्तै मिनाक्षी सम्पन्न परिवारको उनीहरुले अपहरण गरेर परिवारबाट रकम लिने योजना बनाए पनि मुम्बइमा शव डिस्पोज गर्न गार्हो हुने भएकोले दुई पटक योजना स्थगित गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि मार्च १३ मा दुवै जनाले ‘हिरोइन’ फिल्मको असाइग्मेन्टका लागि मिनाक्षीलाई गोरखपुर लगे । भोलिपल्ट मिनाक्षीले आमालाई फोन गरेर आफू अमितसँग सुटिङको लागि जाँदै गरेको बताएकी थिइन्, जुन परिवारसँगको अन्तिम सम्पकै रह्यो । त्यसपछि मिनाक्षी हराइन् ।
त्यसपछि उनीहरुले एउटा कोठामा लगेर मिनाक्षीको हत्या गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ । उनको टाउको चिन्नै नसक्नै गरी कुच्याएर प्लाष्टिकमा पोको पारी झोलामा राखेर दुवै जनाले इलाहावादको सडक किनारमो शव फालेको प्रहरीको भनाइ छ ।

त्यसपछि मुम्बई फिरेर मिनाक्षीकी आमालाई १५ लाख भारु -नेरु २४ लाख) नपठाइदिए मिनाक्षीको ज्यान लिने म्यासेज आफ्नै मोबाइलबाट पठाए । त्यसपछिे भारतीय सेनामा कार्यरत मिनाक्षीका दाजुले प्रहरीमा रिपोर्ट गरेका थिए, जतिखेर मिनाक्षीको हत्या भईसकेको थियो । तैपनि परिवारले ६० हजार भारु दिइसकेका थिए ।

देहरादुनमा आफ्नो परिवारसँगै बस्दै आएकी मिनाक्षी फिल्मी करियरकै लागि लोखन्द्धवालामा दुई महिनाअघि एक्लै सरेकी थिइन् । मिनाक्षीले आफू सम्पन्न परिवारको मान्छे भएको र नाम तथा सौखका लागि फिल्म खेल्न लागेको बताएपछि नै अमित र प्रीतिले अपहरणपछि उनको परिवारबाट फिरौती असुल्ने योजना बनाएका थिए ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले