कांग्रेसमा सहमतिको प्रयास जारी; उम्मेदवारी फिर्ताको समय राती १० बजे सम्म

११ माघ २०७०, शनिबार २०:१८ मा प्रकाशित

काठमाडौं, ११ माघ । कांग्रेस संसदीय दलको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय राती १० बजे सम्म थप गरिएको छ । संसदीय दलको नेताको लागि सभापति सुशील कोइराला र वरिष्ट नेता शेरबहदुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सहमितको लागि भन्दै निर्वाचन समितिले ५ बजे देखि १० बजे सम्मको लागि समय थप गरेको हो । दोस्रो पुस्ताका नेताहरु डा.रामशरण महत प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला बिमलेन्द्र निधि गोपालमान श्रेष्ठ पूर्णबहादुर खड्का वीरेन्द्र रिजालगायतले संसदीय दलको नेताको चुनाव एक दिन पछि सारेर भएपनि सहमति खोज्ने प्रयत्न गरेका छन् । यी नेताहरुले सुशील कोइरालालाई संविधान लेखुन्जेलसम्म प्रधानमन्त्री बन्ने त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरामा सहमति खोज्न प्रयास गरिरहेका छन् । सभापति कोइराला र बरिष्ठ नेता देवाउले संसदीय दलको नेतामा उम्मेद्वारी दिए पछि उप-सभापति रामचन्द्र पौडेलले कोइरालालाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले