संसदीय दलको नेतामा कोइराला र देउवाको उम्मेदवारी

११ माघ २०७०, शनिबार १२:२१ मा प्रकाशित

काठमाडौं, ११ माघ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति सुशील कोइराला र नेता शेरबहादुर दउवाले उम्मेदवारी दर्ता गराएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शनिबार) तोकिएको समय भित्रै कोइराला र देउवाले समर्थक मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
कोइरालाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा फर्मुल्ला मन्सुर रहेका छन् ।
त्यसै गरी, नेता देउवाका प्रस्तावकमा विमलेन्द्र निधि र समर्थकमा भीष्मराज आङदम्बे रहेका छन् । देउवाका तर्फबाट सभासद गोपालमान श्रेष्ठले मञ्जुरीनामासहित आई उम्मेदवारी दर्ता गराई दिएका हुन् ।
संसदीय दलको नेताका लागि एघार बजेदेखि एकबजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने समय रहेको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि सभापति कोइराला र नेता देउवा आफू स्वयं आएका अएनन् । उनीहरुले समर्थक मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको कार्यक्रम रहे पछि कांग्रेस संसदीय दलको कार्यालयमा चहलपहल बढेको छ । निर्वाचन समितिका अनुसार भोलि आइतबार मतदान हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।