सिद्धार्थ नगरको बजेट साढे ३३ करोड

११ माघ २०७०, शनिबार ०५:५३ मा प्रकाशित

भैरहवा/  सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ का लागि ३३ करोड ६३ लाख ७२ हजार ५ सय रुपैयााको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गर्दै नगरपालिकाका कार्यकारी प्रमुख टीकादत्त राईले सञ्चालन खर्च ७ करोड ६४ लाख २८ हजार (२२.७२ प्रतिशत) र विकास खर्च २५ करोड ९९ लाख ४४ हजार ५ सय (७७.२८ प्रतिशत) गरी ३३ करोड ६३ लाख ७२ हजार ५ सय रुपैयााको बजेट विनियोजन गरिएको बताए ।
सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार निर्माणलाई बढी जोड दिइएको छ ।
बजेटमा सबै वडामा कम्तीमा १० लाख र बढीमा ३३ लाख रुपैयाासम्मको योजना समावेश गरिएको उनले बताए । आन्तरिक आय करिब ५ करोड आर्जन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
बजेटमा खर्चका स्रोतहरूमा आन्तरिक स्रोततर्फ स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, स्रोत परिचालन, सावा, ब्याज, लाभांश, बोनस र अन्य गरी ४ करोड ४९ लाख ७२ हजार ५ सय रुपैयाा तथा बाहय स्रोततर्फ एकीकृत सहरी विकास परियोजना, नेपाल सरकार अनुदान, जिविस अनुदान राजस्व बााडफााटलगायत गरी २९ करोड १४ लाख रुपैयाा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको