नेपाल अमेरिका पत्रकार संघ (नेजा) पुरस्कार हेटौंडाका प्रताप बिष्टलाई

६ बैशाख २०६९, बुधबार १९:३४ मा प्रकाशित

अमेरिका, ६ बैशाख । नेपाल अमेरिक पत्रकार संघ (नेजा)ले स्थापना गरेको नेजा बद्री–कुल मेमोरियद एक्सिलेन्स रुरल जर्नलिजम् एवार्ड मोफसलका पत्रकार प्रताप विष्टलाई दिइने भएको छ । विष्ट हेटौडा कर्म थलो बनाएर तिन दशकदेखि मोफसलको पत्रकारितामा क्रियाशील रहदै आएका छन् ।

नाजाका अनुसार उनलाई हेटौंडामा रहेर मकवानपुरका अल्पसंख्यक चेपाङ र बनकरिया समुदायका समस्याहरुलाई पत्रकारिताको माध्यमबाट उठाउन सफल योगदान दिएका कारण पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार रासी १ लाख ११ हजार १ सय १ रुपैयाँ ११ पैसा रहेको छ । उक्त पुरस्कार बिष्टलाई नेपाल अमेरिका पत्रकार संघको बार्षिकोत्सवको अवसर पारेर न्यूयोर्कमा प्रदान गरिने छ ।

बिज्ञप्तिमा उक्त पुरस्कारका लागि १९ पत्रकारहरुको आवेदन परेको त्यसबाट बिष्ट छानिएको पनि उल्लेख गरिएको छ । पुरस्कृत ब्यक्तित्व छनौटमा लागि नेपालमा भारतदत्त कोइराला, डा. धर्म अधिकारी, सुशील शर्मा र खिम घले तथा अमेरिकामा प्रताप अधिकारी, आङछिरिङ शेर्पा, शर्मिला उप्रेती र गौतम दाहाल थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी