बिमा नहुँदा मजदुरको बिचल्ली

११ माघ २०७०, शनिबार ०५:२१ मा प्रकाशित

ललितपुर  । चार दशकअघिबाट निर्माण क्षेत्रमा कार्यरत भीमबहादुर महर्जन झन्डै आधा दर्जन दुर्घटनामा परिसके । ससानासमेत गर्दा ‘कति दुर्घटना भए ?’ उनलाई हेक्का छैन ।
३० वर्षअघि भीमबहादुर घर बनाउादै गर्दा एक तलाबाट खसेका थिए । काठ भााचिएर भएको दुर्घटनापछि उनी दुई वर्षसम्म काम गर्न नसक्ने भए । सम्पूर्ण खर्च उनी आफैंले बेहोरे । एकातिर उपचारका लागि रकम जोहो गर्नुपर्ने र अर्कातिर परिवारमा आर्थिक समस्यासमेत बढयो ।
महर्जनजस्ता मजदुर जोखिममा काम गर्न बाध्य छन् । जोमिमपूर्ण भए पनि निर्माणकर्मीमा ‘बिमा गर्नुपर्छ’ भन्ने जानकारी नभएको निर्माणकर्मी संघ अध्यक्ष आशलाल डंगोल बताउाछन् । बिमा प्रदायक संस्थाले पनि उनीहरूलाई प्राथमिकतामा राखेको पाइँदैन ।
‘उपत्यकामा हजारौं बिमा गर्ने संस्था भए पनि निर्माणकर्मीलाई सहुलियत दिने कार्यक्रम लिएर आएका छैनन्,’ डंगोल भन्छन्, ‘सरकारले पनि जोखिमपूर्ण क्षेत्रमा काम मजदुरको सुरक्षाका लागि कुनै पहल
गरेको पाइँदैन ।’
केही वर्षअघि कलंकीनजिकै घर बनाउने ठाउामा काम गर्दागर्दै जमुना तामाङ एक तलाबाट लडिन् । धारिलो हतियारले काट्दा उनको हातको दुईओटा औंला काटिए । सुरुमा अस्पताल लैजानेदेखि शुल्क तिर्नेसम्म ठेकेदारले नै गरे । तर, पनि उनले फोन उठाउनै छाडे । हातका दुवै औंला गुमेपछि तामाङले सडकमा व्यापार गरेरै गुजारा गर्दै आएकी छन् ।
जोखिमपूर्ण क्षेत्रमा काम गर्नेका लागि ‘सेफ्टी ड्रेस’ लगाउनुपर्ने अनिवार्य व्यवस्था छ । तर, ठेकेदारले यसको व्यवस्थापन गर्ने गरिएको पाइएको छैन । हतारमा हुने भएकाले मजदुरले पनि माग गर्दैनन् । सुरक्षित कपडामा हेलमेट, जुत्ता, पन्जा, बेल्टलगायतका पोसाक पर्छन् । न्यून निर्माण कम्पनीले मात्र यसको व्यवस्थापन
गरेको देखिन्छ ।
पहिलेपहिले काठ बााधेर काम गरिन्थ्यो । केही समययता पाइपमा चढेर काम गर्न थालिएको छ । तुलनात्मक रूपमा काठभन्दा पाइपमा कम दुर्घटना भएको पाइएको अध्यक्ष डंगोल बताउँछन् । ग्रामीण क्षेत्रमा अधिकांश काठ र बाासै प्रयोग गर्छन् । ‘बाासमै अडिएर काम गर्नुपर्ने बाध्यता छ,’ डंगोल भन्छन्, ‘सात/आठ तलासम्म पनि बाासमा अडिएर
काम गर्नुपर्छ ।’
अघिल्लो साता नेपाली सेनाका उच्च पदका कर्मचारीका घरमा बाासमा अडिएर रंग लगाउने क्रममा एक युवक पाँच तलाबाट खसे । ७५ हजार रुपैयाामा उनले सबैतिर रंग गर्ने जिम्मा लिएका थिए ।
काम सुरु गरेको दुई/तीन दिनमै दुर्घटना भएपछि घरबेटीले ‘बैना दिएको रकम’ समेत फिर्ता लिए । अहिले उनलाई उपचार खर्च जुटाउन धौ–धौ परिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान