कार्यालयमा मात्रै बसेर समय नफालौं

१० माघ २०७०, शुक्रबार १६:४४ मा प्रकाशित

काठमाडौं, १० माघ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्रतिस्पर्धात्मक अवस्थामा सरकारी बैंकहरुले आफ्नो बजार आफैं खोज्नुपर्ने बताएका छन् ।
राष्टिय वाणिज्य बैंकको ४९ औं वार्षिकोत्सव समारोहलाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री कोइरालाले अब पहिलाको जस्तो एकाधिकारको अवस्था नरहेकाले आगामी दिनमा कार्यालयमा बसेर समय नफाल्न सञ्चालकहरुलाई सल्लाह दिए ।
वित्तीय संस्थाहरुको हितका लागि सरकारले बैंक नया खोल्न नदिने र भएकाहरुलाई सुदृढ, सवल र गाभ्ने नीति अवलम्बन गरेको बताएका मन्त्री कोइरालाले मुलुकको प्रशासननिक मुख्यालयको अगाडि रहेको बैंक सबल भए मात्र मुलुकको अर्थतन्त्र मजबुत हुने उल्लेख गरे ।
उनले सरकारलाई प्रतिस्पर्धी हैन, सहयोगी ठान्न आग्रह गरेका कोइरालाले सरकारले तोकेका उत्पादनशील क्षेत्रमा लगानी बढाउन सुझाव दिए ।
एकातिर निक्षेप बढ्ने अर्कातिर लगानी घट्ने अवस्था आउन नदिन भन्दै कोइरालाले भने, ‘औद्योगिकरणमा पर्याप्त लगानी गर्न नसक्दा सोचअनुसार लगानीको प्रतिफल आउन सकेको छैन ।’
नेपाल राष्ट बैंकका गभर्नर डा. युवराज खतिवडाले राष्टिय बाणिज्य बैंकमा सरकारले गरेको लगानी करदाताको पैसा भएकाले त्यसको प्रतिफल दिनुपर्ने बताए ।
उनले बैंकिड. व्यवहारमा सुधार आवश्यक भएको भन्दै ग्राहकको गुनासो कम गर्ने तर्फ प्रयास थाल्न सुझाव दिए ।
बैंकका कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले गएको पुस मसान्तसम्म बैंकको निक्षेप ९६ अर्ब र कर्जा ५२ अर्ब पुगेको जानकारी दिए ।
उनले व्यावसायिक योजना अनुसार तीन वर्षभित्र १२१ अर्ब निक्षेप र ७८ अर्ब कर्जा पुऱ्याउने लक्ष्य लिएको बताए ।
२०२२ माघ १० गते नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरेको बाणिज्य बैंकका देशभर १ सय ४८ वटा शाखा कार्यालयहरु छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको