दुई साता पछि डा.केसीको अनसन समाप्त

१० माघ २०७०, शुक्रबार १५:०३ मा प्रकाशित

काठमाडौं, १० माघ । आमरण अनसन बसेका डा.गोविन्द केसीले दुईसाता पछि अनसन तोडेका छन् ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १४ दिन देखि अनसन बसेका डा.केसीले आज (शुक्रबार) अनसन तोडेका हुन् । उनले उठाएका मागलाई सरकारले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पतालमा उपचाररत ७ वर्षीया बालिका एलिसा थापा, चोपबहादुर गन्दर्भ, डा.प्राज्ञ भण्डारी र प्रधानमन्त्री कार्यलयका सचिव कृष्णहरी बास्कोटाले डा.केसीलाई जुस खुवाएका थिए ।
त्रिवि शिक्षण अस्पतालमा डा.शशि शर्मालाई डिनमा नियुक्ति गरे पछि बिरोधमा डा.केसीले अनसन गरेका हुन् । उनको अनसनलाई नेपाल चिकित्सक संघले सहयोग गरेको थियो ।
अनसन तोडे पछि डा.कसीले त्रिवि शिक्षण संस्थानमा बरिष्ठताका आधारमा डिन नियुक्त गरिनु पर्ने बताए । उनले ठूलो कष्टका साथ उपलब्धि प्राप्त भएको भन्दै कुठाराघात गर्न नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका