ताराको नाममा तीन राष्ट्रिय रेकर्ड

१० माघ २०७०, शुक्रबार ०६:५४ मा प्रकाशित

काठमाडौं, १० माघ ।  – २१औं पुरुष तथा छैटौं महिला राष्ट्रिय भारोत्तोलन च्यामिपयनसिपमा बिहीबार तीन नयाँ राष्टिय कीर्तिमान कायम भएका छन् । नेपाल प्रहरीकी तारादेवी पुनले ७५ केजीमाथिको प्रतिस्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ९२ केजी र कुलमा १ सय ५९ केजी भारवहन गर्दै नयाँ रेकर्ड बनाइन् । उनले यसअघि दोस्रो ग्रान्डपिक्स भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा ६६ केजी, क्लिनमा ९१ गरी कुल १ सय ५७ केजी भारवहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
सो स्पर्धामा कञ्चनपुरका चम्पादेवी ठकुल्ला स्नाचमा ४०, क्लिनमा ५७ र कुलमा ९७ केजीका साथ दोस्रो र सिरहाकी मनिता चौधरी स्नाचमा ४०, क्लिनमा ४७ र कुलमा ८७ केजीका साथ तेस्रो भए ।
त्यस्तै, नेपाली सेनाका दिनेश श्रेष्ठले ९४ केजीमा स्नाचमा राष्ट्रिय कीर्तिमान राखेका छन् । उनले गोपालबहादुर श्रेष्ठको नाममा आठौं साफमा रहेको १ सय १० केजीको रेकर्डलाई १ सय ११ केजी भारवहन गर्दै कीर्तिमान राखेका हुन् । श्रेष्ठले क्लिन एन्ड जर्कमा १ सय ३७ र कुलमा २ सय ४८ केजी भारवहन गर्दै स्वर्ण पदकका लागि आफूलाई सक्षम बनाए । यस स्पर्धामा प्रहरीका गणेशचन्द ठकुरीले स्नाचमा ९० केजीका साथ रजत, क्लिनमा १ सय १२ केजी र कुलमा २ सय २ केजीका साथ कांस्य पदक पाए । सेनाका टहलबहादुर बस्यालले स्नाचमा ८५ केजीका साथ कांस्य र क्लिन र कुलमा १ सय २२ केजी र २ सय ७ केजीका साथ रजत पदक पाएका छन् ।
प्रतियोगिताको स्टोगेस्टमा महिलामा तारादेवी पुन र पुरुषमा सेनाका कमलबहादुर अधिकारी र वेस्ट लिफ्टर महिलामा नेपाल प्रहरीकी उत्तम खत्री तथा पुरुषमा कमलबहादुर अधिकारी भएका छन् ।
जुनियरतर्फ बाराका मोहम्मद आशिक हुसेनले कुल १ सय ४८ केजीका साथ स्वर्ण पाए ।
पुरुषको १ सय ५ केजीमा स्नाचमा नेपाल पुलिसका विपेन्द्र महर्जनले सय केजी भारवहन गर्दै स्वर्ण, सेनाका गगनसिंह ओलीले ९८ केजीका साथ रजत र धनुषाका शत्रुघन यादवले ९८ केजीका साथ आफ्नो तौलका कारण कांस्य पदक पाए । क्लिन एन्ड जर्क र कुलमा सेनाका गगनसिंह वलीले १ सय ३० र २ सय २८ का साथ स्वर्ण, प्रहरीका विपेन्द्र महर्जनले १ सय २४ र २ सय २४ का साथ रजत र धनुषाका शत्रुघन यादवले १ सय १२ र २ सय १० केजीका साथ कांस्य पदक पाए ।
१ सय ५ केजीमाथि सिनियरतर्फ रामेछापका गोपालबहादुर श्रेष्ठले स्नाचमा १ सय १०, क्लिन एन्ड जर्कमा १ सय ५१ केजी र कुलमा २ सय ६१ केजीका साथ स्वर्ण पाए । उनी हाल स्टार क्यासिनोमा कार्यरत छन् । त्यस्तै, सेनाका पुकार गुरङले १०३, ११७ र २१० केजीका साथ रजत र पर्साका रमेशकुमार महतोले ७०, ९२ र १६२ केजीका साथ कांस्य पदक पाए ।
जुनियरतर्फ ललितपुरका आयुषमान प्रधानले ६५ केजी स्नाच, ८१ केजी क्लिन र कुलमा १ सय ४६ केजीका साथ स्वर्ण पाए भने चितवनका सन्देश गुरुडले ५१, ७५ र १ सय २६ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले ५०, ७५ र १ सय २५ केजीका साथ कांस्य पदक पाए ।
महिलाको ६३ केजीमा स्नाचमा सप्तरीकी शान्ति चौधरीले ६० केजी, क्लिनमा ७५ केजी र कुलमा १ सय ३५ केजीका साथ स्वर्ण पाइन् । स्नाचमा दाङकी रामकुमारी चौधरी ४६ केजीका साथ दोस्रो र कैलालीकी सोनम चौधरी ३५ केजीका साथ तेस्रो भइन् ।
क्लिनमा कैलालीकी सोनम चौधरी ५३ केजीका साथ दोस्रो र रामुकुमारी ५० केजीका साथ तेस्रो भइन् । कुलमा रामकुमारी ९६ केजीका साथ दोस्रो र सोनम चौधरी ८८ केजीका साथ तेस्रो भइन् ।
यस विधाको जुनियरमा कैलालीकी सोनाम चौधरी स्नाचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजीका साथ स्वर्ण पदक प्राप्त गर्न सफल भइन् ।
महिलाकै ६९ केजीमा प्रहरीकी राजलक्ष्मी थापा स्नाचमा ५५, क्लिनमा ७२ र कुलमा १ सय २७ केजीका साथ स्वर्ण पदक प्राप्त गर्न सफल भइन् । सो स्पर्धामा सिरहाकी पुसु चौधरी स्नाचमा ४०, क्लिनमा ४७ र कुलमा ८७ केजीका साथ दोस्रो भइन् । स्नाचमा कैलालीकी ज्योति चौधरी ३५ केजीका साथ तेस्रो भइन् । यस्तै, क्लिनमा ४७ र कुलमा ७५ केजीका साथ दाङकी कल्पना चौधरीले कांस्य पाइन् ।
यस विधाको जुनियरतर्फ सिरहाकी पुसा चौधरी स्नाचमा ४०, क्लिनमा ४७ र कुलमा ८७ केजीका साथ स्वर्ण र कैलालीकी ज्योति चौधरी ३५, ४० र कुल ७५ केजीका साथ रजत पदक प्राप्त गर्न सफल भए ।
७५ केजीमा एक मात्र सहभागी पुलिसकी लक्ष्मी वनले स्नाचमा ४७, क्लिनमा ६२ र कुलमा १ सय ९ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं