अनेसासको साहित्य शृंखला नागोयामा

६ बैशाख २०६९, बुधबार १९:२२ मा प्रकाशित

जापान । बिदेशी भूमिमा रहेर नेपाली साहित्यको संरक्षण र संवर्धन गर्दै आएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले विगतदेखि हरेक ३- ३ महिनामा गर्दै आएको आफ्नो नियमित साहित्य शृंखलाको आगामी शृंखला नेपाली नयाँ वर्षको अवसरमा नागोयामा यहि अप्रिल २२ तारिक आइतबार गर्ने जनाएको छ ।

साहित्यकार भिमनिधि तिवारीको शतवार्षिकीको सन्दर्भमा यस शृंखलालाई उहाँ प्रति समर्पित गर्दै मनाउन लागिएको जानकारी संस्थाका अध्यक्ष्य प्रकाश पौडेल माइलाले जानकारी दिनुभएको छ । नागोया स्थित ओजोनेको कम्युनिटी सेन्टरमा आयोजना गरिएको बिशेष साहित्यिक जमघटलाई साहित्य शृंखला नागोया नाम दिइएको छ । उक्त कार्यक्रममा सहभागी हुन टोक्योबाट २ दर्जन भन्दा बढी साहित्यिक श्रष्टाहरु नागोया आउने बताइएको छ । अनेसास जापानले नागोयामा गर्न लागेको कार्यक्रम यो दोश्रो हो यसभन्दा ३ वर्ष अगाडी पनि नागोयामा साहित्यिक कार्यक्रम सम्पन्न गरेको थियो ।

यात्राको क्रममा साहित्यको विभिन्न रगंहरु प्रस्तुत गरिँदै सहभागी हुने भएकोले टोक्योबाट नागोया सम्मको यात्रालाइ टोक्यो-नागोया साहित्य यात्राको नामकरण गरिएको अनेसास जापानले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलाई औपचारिक, अनौपचारिक रुपमा निमन्त्रणा गरि सकिएको जानकारी दिँदै साहित्यलाई माया गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागी भईदिनु हुन आयोजक संस्थाले सबैमा हार्दिक अनुरोध गरेको छ ।

मिति – २०१२, अप्रिल २२ आइतबार
समय – दिउसो १२ बजे
स्थान – ओजोने कम्युनिटी सेन्टर, ओजोने, नागोया |
सम्पर्क –
प्रकाश पौडेल माइला – ०८०-४१५५-३१३२
पुस्करजंग थापा – ०९०-८८१०-९०१४
सन्देश पोखरेल – ०८०-३६३७-८८१९
बिष्णु प्रसाद घिमिरे – ०९०-६६१३-६४९७

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि