सिलिङसहित मन्त्रालयमा बजेट तयारी फाराम पठाउन आग्रह

१० माघ २०७०, शुक्रबार ०६:४५ मा प्रकाशित

काठमाडौं, १० माघ । अर्थ मन्त्रालय र मातहतका निकायबाट माघ महिनामा सञ्चालन गरिने नियमित कार्यभन्दा फरक एवं सिर्जनशील कार्यको कार्ययोजना तयार गर्न अर्थसचिव शान्तराज सुवेदीको संयोजकत्वमा बिहीबार अर्थ मन्त्रालयमा बैठक बसेको छ ।
पुस महिनाको प्रतिवेदन प्रस्तुत गरिएको सो कार्यक्रममा करसम्बन्धी ऐनको संग्रह तयार भएको, राजस्वसम्बन्धी कार्यालयहरूको अनुगमनलाई तीव्रता दिइएको, अर्थ मन्त्रालय र मातहतका निकायको स्थिर सम्पत्तिविवरण तयार गर्ने काम प्रारम्भ गरिएको, बेरुजु फछ्र्योट करिब ३० प्रतिशत भइसकेको जानकारी दिइएको थियो ।
यसैगरी, चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा भएको पुँजीगत खर्चको समीक्षा सम्पन्न भई देखिएका समस्या समाधानको प्रयास भएको, चार ठूला आयोजनाको अनुगमन गरी अनुगमनबाट प्राप्त सुझाव कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी दिइएको छ ।
यसैगरी, सो अवधिमा नेपाल औषधि लिमिटेडको सञ्चालन सम्बन्धमा मोडालिटी तयार गरिएको, राजस्व बक्यौता राख्ने संस्थानका कार्यकारी प्रमुखहरूसँग छलफलको आयोजना गरी राजस्व तिर्न निर्देशन दिइएको, पश्चिामाञ्चल विकास क्षेत्रमा राजस्व चुहावट उच्चस्तरीय अनुगमन समितिबाट अनुगमन भएको, राजस्व अनुसन्धान विभागबाट पुराना ६ ओटा मुद्दा फछ्र्योट भएको, सम्पत्ति शुद्धीकरणबाट पर्ने नकारात्मक असर र यसको निराकरणका लागि भएका प्रयास सम्बन्धमा भूमि प्रशासनसम्बन्धी सरोकारवालाहरूसँग अन्तक्र्रिया सम्पन्न भएको कार्यक्रममा बताइयो । बैठकमा सचिव सुवेदीले पुस महिनामा धेरै राम्रा काम हुन सकेकामा सन्तोष व्यक्त गर्दै माघ महिनामा सबै महाशाखा र विभागहरूले चालू आर्थिक वर्षको ६ महिनाको प्रगति समीक्षा गरी प्रतिवेदन तयार गर्ने र बजेट नीति तथा कार्यक्रममार्फत ल्याइएका कार्यक्रम एवं तोकिएका अन्य लक्ष्यसँग तुलना गरी कुनै कमी कमजोरी भेटिए सुधार गरी अघि बढ्न निर्देशन दिएका थिए ।
सो क्रममा उनले चालू बजेटको अर्धवार्षिक समीक्षाको प्रतिवेदन माघ महिनाभित्र निकाल्न, बजेट सिलिङसहित सबै मन्त्रालयमा बजेट तयारी फाराम पठाउन, बजेट तयारीको समय तालिका तयार गर्न बजेट तथा कार्यक्रम महाशाखाको कार्यसञ्चालन निर्देशिका तयार गर्न, कर्मचारी बैठक नियमित रूपमा राख्न, बायोमेट्रिक हाजिर प्रणालीमा आवश्यक सुधार गर्न, वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूमा देखिएका समस्याका सम्बन्धमा समीक्षा गरी समाधानका उपाय पहिल्याएर समाधान गर्न सम्बन्धित पक्षसँग अन्तक्र्रिया गर्न निर्देशन दिएका थिए ।
साथै, उनले अर्धवार्षिक राजस्व समीक्षा गर्न, व्यवस्थापिका संसद्मा अध्यादेश स्वीकृतिका लागि पेस गर्न, नेपाल राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयबीचको तथ्यांक अंक फरक देखिएकाले हिसाब मिलान गर्न र आगामी दिनमा एउटै तथ्यांक प्राप्त गर्न सकिने अवस्थामा पु¥्याउन, सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी फछ्र्योटमा ध्यान दिन आग्रह
गरे । चालू आर्थिक वर्षको बजेटमार्फत राजस्वको परिपालना बढाउन र राजस्व छुट सुविधासम्बन्धी योजनाहरूको प्रगति समीक्षा गरी प्रोफाइल तयार गर्न उनले निर्देशन दिए ।
परिपालना नगर्नेमाथि कानुनी कारबाही तत्काल सुरु गर्ने, निजीक™णमा लाने र सञ्चालनमा राख्ने, सार्वजनिक संस्थानको विवरण तयार गरी निजीक™ण एवं सञ्चालन मोडालिटी तयार गर्न, राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन जोड दिए । बजार अनुगमन बढाउन र रिफन्ड केसहरूको अनुसन्धान र विश्लेषण गर्नसमेत उनले निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको