काठको मुढामा च्याउ खेती

१० माघ २०७०, शुक्रबार ०६:४२ मा प्रकाशित

पाल्पा– काठको मुढामा च्याउ फलाएर पाल्पाका किसानहरूले लाखौं रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाको मदनपोखरा, धोबीधारा र देवीनगर गाविसका किसानहरूले तीन वर्षदेखि काठको मुढामा च्याउ उत्पादन गरेर आम्दानी गर्न थालेका हुन् । अन्य च्याउको भन्दा बजार राम्रो र महँगोमा समेत बिक्री हुने जापनिज सिताके जातको च्याउ काठको मुढामा फलाएका हुन् ।
कटुस र उत्तिस जातको काठमा फलाउन सकिने सिताके च्याउको ६ महिनामा उत्पादन दिने गर्छ । पछिल्लो समयमा युवाहरूले समूह बनाएर च्याउ खेती गरेका छन् । कन्ये र गोब्रेलगायत जातका च्याउ खेती पाल्पाका धेरै स्थानमा भएपछि सिताके च्याउको पनि विस्तार गर्न थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द