एनएसएको ‘फोन कल’ तथ्यांक गैरकानुनी

१० माघ २०७०, शुक्रबार ०६:३९ मा प्रकाशित

एजेन्सी
न्युयोर्क, १० माघ र अमेरिकी गुप्तचर निकाय राष्ट्रिय सुरक्षा निकाय (एनएसए) ले संग्रह गरेको ‘फोन कल’को तथ्यांक गैरकानुनी भएको र आतकंवाद नियन्त्रणमा सो संग्रहले निकै न्यून भूमिका खेलेको अमेरिकाको एक स्वतन्त्र गोप्य निकायले एक प्रतिवेदनले खुलासा गरेको छ ।
अमेरिकाको प्राइभेसी एन्ड सिभिल लिबर्टिज ओभरसाइटल बोर्डले सो कार्यक्रम रोक्नसमेत आग्रह गरेको छ । गत साता अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो तथ्यांकको प्रयोगमा नियन्त्रण गर्न निर्देशनसमेत दिएका थिए । तर, राष्ट्रपति ओबामाले आतंकवाद नियन्त्रण गर्न सो तथ्यांकसंग्रह भने नियमित गर्न जोड दिएका थिए । सो प्रतिवेदन अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) को पछिल्लो समीक्षा भएको बताइन्छ, जसलाई पूर्वजासुस इडवार्ड स्नोडेनले चुहावट गरेपछि अमेरिकामा आक्रोश बढाएको थियो ।
मेटाडाटा नाम दिइएको फोन कलमाथि सूचना संग्रह गर्नु कानुनसम्मत भएको वासिंगटनले तर्क गरेको छ । तर, सो प्रतिवेदन देख्नेमध्येको एउटा सञ्चार संगठन न्युयोर्क टाइम्सले पाँचजना रहेको कमिटीमध्येको तीन सदस्यले नासा जासुस कार्यक्रममा ‘व्यावहारिक कानुनी जगको अभाव’ भएको बताएको छ । ‘यस कार्यक्रमले एउटा पूर्वअनुसन्धानका कार्यक्रमसँग मिलाउने एउटा क्षणिक प्रयत्नलाई प्रतिनिधित्व मात्र गर्छ, जुन युक्तिसंगत कार्य होइन,’ ती सदस्यहरूले भनेका छन् । सो कार्यक्रमले ‘गोपनीयता र नागरिक स्वतन्त्रतालाई एउटा नीतिगत विषयका रूपमा गम्भीर धक्का दिनुका साथै संवैधानिक चासोलाई समेत उठाएको छ । यसले सीमित मूल्यलाई समेत देखाएको’ बताइएको छ । ‘फलस्वरूप सरकारले सो कार्यक्रम अन्त्य गर्न बोर्डले सुझाव दिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
बुस प्रशासनका कानुनविद्समेत रहेका कमिटीका अन्य दुई सदस्यहरूले कडा विमति जनाउँदै वैधताको विषय अदालतलाई निर्णय गर्न दिनुपर्ने बताएका छन् ।
कमिटीका सदस्यमध्येकै एक राचल ब्रान्डले सो प्रक्रियालाई गैरकानुनी घोषणा गर्नुले गुप्तचर निकायको विश्वासमा आँच आउने बताए । तर, कमिटीका सम्पूर्ण सदस्यहरूले तथ्यांकलाई तत्कालै मेट्नुपर्ने विषयमा सहमति जनाउँदै यसको पहुँचलाई गोप्य राख्नुपर्ने सुझाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा