बगंलादेशका मजदुरले पाउँदैनन् न्यूनतम ज्याला

१० माघ २०७०, शुक्रबार ०६:३६ मा प्रकाशित

एजेन्सी
ढाका, १० माघ । बंगलादेको राजधानी ढाकामै रहेका कम्तीमा पनि ४० प्रतिशत गार्मेन्टले त्यहाँ कार्यरत मजदुरहरूलाई न्यूनतम ज्याला पनि नदिने गरेको खुलेको छ । राजधानी ढाकामा गत वर्ष ठूलो मजदुर आन्दोलन भएपछि न्यूनतम ज्यालाको माग भएको थियो । तर, मजदुरले ज्यालाको निर्धारण गरेपछि र सो ज्याला दिन गार्मेन्ट कारखानाका मालिकहरू तयार भएपछि सो आन्दोलन रोकिएको थियो ।
तर, सो न्यूनतम ज्याला पनि मजदुरहरूले नपाउने गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । मजदुरहरूले न्यूनतमभन्दा कम ज्याला पाउने गरेको ढाकाकै एक कारखानाका मालिकले स्विकारेका छन् ।
बंगलादेशमा कम्तीमा पनि ४० लाख गार्मेन्ट मजदुर छन् । उनीहरूको पहिलेको ज्यालामा वृद्धि गरी कम्तीमा पनि ५ हजार टाका बनाइएको थियो ।
तर पनि सो ज्यालामा वृद्धि गरेर मजदुरलाई दिने नगरिएको हालैको सो सर्वेक्षणले देखाएको छ । उनीहरूको ज्याला यसअघि ३ हजार टाका मात्र रहेको थियो । ‘मजदुरहरूको व्यापक आन्दोलनका कारण सो ज्यालामा वृद्धि गरिएको थियो, तथापि उनीहरूलाई नदिने गरिएको पाइयो,’ सर्वेक्षणमा भनिएको छ ।
बंगलादेशको गार्मेन्ट व्यवसाय कम्तीमा पनि २० अर्ब अमेरिकी डलरबराबरको रहेको पाइएको छ । बंगलादेश विश्वकै सबैभन्दा दोस्रो ठूलो व्यवसाय भएको देश हो ।
बंगलादेशमा ४५ सयओटा गार्मेन्ट कारखाना रहेका छन् । सो सर्वेक्षण राजधानी ढाकामा रहेका ५ सय ९४ ओटा कारखानामा गरिएको थियो । ती कारखानामा नै मजदुरलाई न्यूनतम ज्याला पनि नदिइएको पाइएको थियो । बंगलादेशको मजदुर युनियनका उपाध्यक्ष सहदुल्लाह अजिमले भने, ‘यहाँ कारखानाहरूले मजदुरलाई ज्याला दिने काममा निकै नै कञ्जुस्याइँ गर्ने गर्दछन् ।’
उनले बंगलादेशको चटगाउँ इलाकामा त बढीमा ५ प्रतिशत मात्र यस्ता कारखानाहरूले बढेको ज्याला दिने गरेको पनि उनले बताएका छन् । बंगलादेशको राजधानी ढाकामा नै गत वर्ष एक कारखानामा भएको दुर्घटनामा परी करिब १ हजार ३ सय मजदुरको ज्यान गएको थियो । ती कारखानाहरू पनि जोखिमपूर्ण अवस्थामा रहेका बताइन्छ ।
सोही कारण नै गत वर्ष बंगलादेशमा ठूलो मजदुर आन्दोलन भएको थियो । सो आन्दोलनका कारण नै सरकारले यो ज्याला बढाउन बाध्य भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या