चिसोले पाँच दर्जनको मृत्यु

१० माघ २०७०, शुक्रबार ०६:३५ मा प्रकाशित

बैंकक / एएफपी– थाइल्यान्डमा गत तीन महिनायता जारी रहेको असामान्य चिसोका कारण कम्तीमा ६३ व्यक्तिको मृत्यु भएको समाचार छ । थाइल्यान्डको राजधानी बैंककमा बिहीबार गत तीन दशकयताकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको अधिकारीहरूले जनाएका छन् ।
बैंककमा बिहीबार बिहान ३० वर्षयताको सबैभन्दा कम तापक्रम (१५.६ डिग्री सेल्सियस) मा झरेको मौसम विज्ञान विभागका उपदिर्नेशक सोंगक्राम ओक्सोनले बताएको एक दैनिक पत्रिकाले जनाएको छ । सोंगक्रामका अनुसार गत तीन महिनायता ४५ प्रान्तलाई चिसो प्रकोप क्षेत्र घोषणा गरिएको छ ।
ती प्रान्तहरूमा यस प्रकोपबाट २ करोड ५ लाख व्यक्ति प्रभावित भएको पनि सोंगक्रामले बताए । थाइल्यान्डमा भएको यस चिसोको प्रकोपबाट धान खेतीसमेतमा प्रभाव परेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार