एकल महिला बलात्कृत

१० माघ २०७०, शुक्रबार ०६:२० मा प्रकाशित

दैलेख – जिल्लाको छिउडी–९ की एकल महिला ४८ वर्षीया कमला (नाम परिवर्तन) माथि बलात्कार भएको छ ।
गत ५ माघ राति मिलबाट घरतर्फ आउने क्रममा छिउडी–६ का २६ वर्षीया यज्ञप्रसाद पोखरेलले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको
छ । घरतर्फ आउँदै गरेकी उनलाई छिउडीको बुढेतिदु भन्ने स्थानमा बलात्कार भएको भन्दै उनका छोरा भीमबहादुर थापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
उनको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ । प्रहरीले यज्ञप्रसाद पोखरेललाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जानकारी दिएको छ ।
यता, महोत्तरीको अजगेवाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई बिहीबार पक्राउ गरेको छ ।
महोत्तरीको हरिहरपुर हरिणमरी–२ अजगेवाका ४५ वर्षीय गलवा चमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १४ वर्षीया एक दलित किशोरीलाई गलवाले ललाइफकाई गाई गोठमा लगी गत मंगलबार राति बलात्कार गरेको जनाइएको छ ।
किशोरीको बुबाको मानसिक सन्तुलन ठीक नभएको र घरमा अन्य कोही
नभएको बेला आरोपी गलवाले बालिकालाई बलात्कार गरेको जनाइएको छ । पीडित किशोरीको जाहेरीका आधार गलवालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय  महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०