दोस्रो चरणको पोलियो थोपा खुवाइदै

१० माघ २०७०, शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौं, १० माघ । सरकारले पाच वर्षमुनिका बालबालिकालाई शनिबार दोस्रो चराणको पोलियो थोपा खुवाउने भएको छ ।
विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्यअनुरूप सरकारले १५ वर्षदेखि पोलियो थोपा खुवाउदै आएको छ । दोस्रो चरणमा ६८ जिल्लामा खुवाउन लागिएको हो ।
सात हिमाली जिल्लामा भने ८ चैतमा र १३ वैशाख गरी दुई चरणमा गर्न पोलियो थोपा ख्वाइने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ । यसअघि ६ र ७ पुसमा पहिलो चरणको खोप सञ्चालन गरिएको थियो ।
अभियानमा झन्डै ९१ प्रतिशत बालबालिकालाई पोलियो थोपा ख्वाइएको महाशाखा निर्देशक डा. सनेनद्रराज उप्रेतीले जनाए । उनका अनुसार दोस्रो चरणको अभियानमा ४२ लाखभन्दा बढी बालबालिकालाई पोलियो थोपा ख्वाइनेछ ।
खोप अभियान सञ्चालनका लागि देशभर ४० हजार ४ सय ४७ केन्द्र राखिएको छ । जसमा ८० हजार ९ सय ४८ स्वयंसेवक र अनुगमनका लागि १२ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटिनेछन् ।
महाशाखाका अनुसार प्रत्येक गाविसका वडामा कम्तीमा एउटा र नगरपालिकाको कम्तीमा दुईओटा खोप केन्द्र व्यवस्था गरिएको छ । नेपालमा सन् २०१० मा पछिल्लो पटक रौतहटमा पोलियो देखा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको