सहसचिव भण्डारी अख्तियारमा

१० माघ २०७०, शुक्रबार ०५:४१ मा प्रकाशित

काठमाडौ– सरकारले कानुन मन्त्रालयका ऋषिराज भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिवमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायसेवा आयोगको सिफारिसबमोजिम भण्डारीलाई अख्तियारमा सरुवा गरेको हो । साथै, न्यायसेवामा सरुवा र बढुवा गरिएको छ । 

आयोगको सिफारिसबमोजिम ज्येष्ठता र कार्यक्षमताका आधारमा नेपाल न्यायसेवा सरकारी वकिल समूहका दुईजना उपसचिव मुरारीप्रसाद पौडेल र नरेन्द्रबहादुर चन्दलाई सोही सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहन्यायाधिवक्ता पदमा बढुवा गरी क्रमशः पुनरावेदन अदालत सरकारी वकिल कार्यालय बुटवल र पुनरावेदन सरकारी वकिल कार्यालय महेन्द्रनगरमा सहन्यायाधिवक्ता पदमा पदस्थापन गरिएको छ ।
त्यस्तै, न्यायसेवाका सरकारी वकिल समूह उपसचिव गोपी भट्टराई र सन्दीपराज रेग्मीलाई सोही सेवा र समूहको राजपत्रांकित प्रथम श्रेणीको सहन्यायाधिवक्ता पदमा बढुवा गरी अख्तियार र महान्यायाधिवक्ताको कार्यालयको सहन्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
त्यस्तै, कानुनका उपसचिव लीलादेवी गड्तौलालाई बढुवा गरी निर्वाचन आयोगको सहसचिवमा पदस्थापन गरिएको छ । न्यायसेवा आयोगको सिफारिसमै न्यायसेवा सरकारी वकिल राजपत्रांकित द्वितीय श्रेणी सरकारी वकिल समूहका लोकराज बराल र न्यायसेवा समूहका खेमराज ज्ञवालीलाई सहन्यायाधिवक्ता पदमा बढुवा गरी पुनरावेदन अदालत सरकारी वकिल कार्यालय इलाम र पुनरावेदन सरकारी वकिल कार्यालय दीपायलको सहन्यायाधिवक्ताको पदमा बढुवा गरी पुनःस्थापन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
यसैगरी, मन्त्रिपरिषद्ले बैठकले पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्य र उनको परिवारको नाममा रहेको नेपाल सरकारको नाममा ल्याइएको जग्गालाई नेपाल ट्रस्टको नाममा कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने र सो समितिको निर्णयबमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले नागरिक लगानी कोषको सञ्चालक अध्यक्षमा महालेखा नियन्त्रक सुमनप्रसाद शर्मालाई मनोनयन गर्ने निर्णय गरिएको छ भने बूढीगंगा जलविद्युत् आयोजनाका लागि राजपत्रांकित ११ अस्थायी दरबन्दी सिर्जना गरिएको छ ।
यस्तै, कृषि विकास मन्त्रालयको प्रस्तावबमोमिज बर्डफ्लु नियन्त्रण तेस्रो संशोधन आदेश २०७० पारित गरिएको छ । रक्षा मन्त्रालयको प्रस्तावबमोजिम नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर जबराले १५ देखि २३ माघसम्म माल्दिभ्स र श्रीलंकाका सेनाध्यक्षको निमन्त्रणामा भाग लिने भएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको राहत तथा पुनःस्थापना एकाइका लागि आठजना अधिकृत स्तरको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको पौडेलले बताए । बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई सांस्कृतिक संस्थानको अध्यक्षमा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो