‘अवसर पनि नपाएको ब्यक्ति अध्यक्षमा मै नै उपयुक्त हुन्छु’

९ माघ २०७०, बिहीबार १६:३१ मा प्रकाशित

काठमाडौं, ९ माघ । एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीका प्रमुख चार शीर्ष नेताहरुको पदीय ब्यवस्थापनसँगै आगामी नवौं महाधिवेशन सर्वसम्मत सम्पन्न हुने दाबी गरेका छन् ।
आफू पनि अध्यक्षको दाबेदार रहेको पहिलो पटक खुलासा गरेका उपाध्यक्ष गौतमले प्रेस चौतारी नेपालद्वारा आज (बिहीबार) काठमाडौंमा आयोजित साक्षत्कारमा अवसर नपाएको ब्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताए ।
‘वरीयतामा चौथो नम्बरमा रहे पनि सर्वसम्मत अध्यक्षका निम्ति म नै उपयूक्त उम्मेदवार हुँ,’ उनले भने, ‘अवसर पनि नपाएको ब्यक्ति अध्यक्षमा मै नै उपयुक्त हुन्छु ।’
चार शीर्ष नेताहरुको ब्यवस्थापन गर्दा आफू अझै एक पटक घटुवा हुने समेत तयार रहेको गौतमले बताए । ‘एकजना अध्यक्ष भई सकेकाले फेरि उहाँ किन उठ्नु ? अर्का ब्यक्ति पनि प्रमुख भईसकेकाले सगरमाथा भन्दा उचाईको गौरव गाथाको योगदान रहेको उहाँले नै जवाफ दिन सक्नु पर्छ,’ गौतमले भने, ‘नयाँ ब्यक्ति चयन गरौं भन्दा कोही विरामी छन्, कोही के छन् ? त्यसैले विरामी पनि नभएको ब्यक्ति अब अध्यक्ष बन्नु पर्छ ।’
उनले आसन्न केन्द्रीय कमिटी बैठकबाटै एमालेलेमा सर्वसम्मत नेतृत्व चयनको अभियानको संयोजन आफैले गर्ने घोषणा समेत गरे ।
एमालेको नवौं महाधिवेशन वैशाख नौं गतेलाई प्रस्तावित भई सकेका बेला उपाध्यक्ष गौतमले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक