बिरोधस्वरुप बुटवलमा सडकमै विरामीको उपचार

९ माघ २०७०, बिहीबार १४:०८ मा प्रकाशित

बुटवल, ९ माघ । राजधानीबाट सुरु भएको चिकित्सकहरुको आन्दोलन बुटवलमा पनि चर्किएको छ । एक हप्तादेखि बुटवलमा निजी तथा सरकारी अस्पतालमा उपचार रोकेका डाक्टरहरुले सडक तताउन थालेका हुन् ।
अस्पताल परिसरको सडकमा आज (बिहीबार) चिकित्सकहरुले विरामी चेकजाँच गरेका छन् । अस्पतालमा उपचार नपाएका झण्डै दुई सय विरामीको परीक्षण भएको छ । यस अघि चिकित्सकहरुले आजै बुटवलमा मौन जुलुश समेत निकालेका छन् ।
सेवा पाए पछि विरामी र उनीहरुका आफन्तले खुसी मनाएका छन् ।
बुटवलमा चिकित्सकहरुले रिलेअनसन पनि सुरु गरेका छन् । डा. राजन्द्र बस्याल, डा. अच्यूत हमाल र डा.सन्तोष पोखरेल बुधबारदेखि बुटवलस्थित चिकित्सक संघको भवनमा रिले अनसन बसेका हुन् ।
आज पनि तीन जना महिला डक्टरहरु अनसनमा बसेका छन् । लुम्बिनी अञ्चल अस्पतालका रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार आज डा.शर्मिला शर्मा, डा.शकुन्तला ज्ञवाली र डा.सरस्वती श्रेष्ठ अनसनमा बसेका छन् । चिकित्सकहरुको आन्दोलनलाई साथ दिन बुटवलका चिकित्सहरुले दैनिक सरह कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक