चार लाख बराबरका कुखुराका चल्ला बरामद

९ माघ २०७०, बिहीबार ११:३८ मा प्रकाशित

नवलपरासी, ९ माघ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्राइएका कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।
झण्डै चार लाख रुपियाँ बराबरको अवैध कुखुरा चल्ला आज (बिहीबार) विहान नवलपरासीको रामपुरखडौनाबाट बरामद गरेको हो ।
प्रहरीलाई देखेपछि बासको नेपाल भित्राउदै गरेका पाँच हजार कुखुरा चल्ला छाडेर तस्करहरु भागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सञ्जीप शर्माले जानकारी दिए ।
शर्माका अनुसार रामपुरखडौना–६ मा ६ जनाको समूहमा रहेका मानिसहरुले चल्ला नेपाल भित्राएको हुन् ।
बरामद चल्ला आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट महेषपुर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई