रूपन्देही र नवलपरासीमा दुई दर्जन पुल बन्दै

९ माघ २०७०, बिहीबार १०:१० मा प्रकाशित

बुटवल, ९ माघ । डिभिजन सडक कार्यालय बुटवलले रूपन्देही र नवलपरासीमा दुई दर्जनभन्दा बढी पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कार्यालयले आर्थिक वर्षभित्रै आधा दर्जन पुल निर्माण सकिने जनाएको छ ।
आर्थिक वर्षभित्रै रूपन्देहीको कोलुहवा–सिसौ दानव नदीमा एउटा पुल निर्माण हुने भएको छ । यस्तै, नवलपरासीको गँगटे खोला र विनय खोलामा एक/एकओटा पुल बन्ने भएको छ । दुम्कीबास–सर्दी खोलामा एउटा पुल बन्नेछ भने गुन्द्रे खोलामा कजवे बन्ने डिभिजन सडक कार्यालयका इन्जिनियर धनीराम चौधरीले बताए ।
यस वर्ष रूपन्देहीका तेलहा नदी पुल, कोठी नदी पुल, दानापुर पुल, सुखौरा पुल, रूपन्देही र नवलपरासीको सीमामा बन्दै गरेको महवा पुल तथा नवलपरासीमा निर्माणाधीन चिप्ले खोला पुल, खजुरा पुलको निर्माण सम्पन्न हुने सडक कार्यालयले जनाएको छ । यी दुई जिल्लामा थालिएका पुल निर्माणमा कम्तीमा २ करोड ६० लाखदेखि अधिकतम १३ करोड ८१ लाख रुपैयाँसम्म लाग्ने जनाइएको छ ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईका अनुसार रूपन्देहीको दानापुरमा निर्माणधीन पुलको लागत २ करोड ६० लाख रुपैयाँ रहनेछ भने दुई मुहान पुलको लागत १३ करोड ८१ लाख रुपैयाँ छ ।
डिभिजनप्रमुख भट्टराईका अनुसार आरतीखोला पुल–दानव नदी, मणिग्राम–मोतीपुर तिनाउ नदी पुल, टिकुलीगढ–अमुवा तिनाउ नदी पुल, दुई मुहान पुल, दानव नदी पुल सूर्यपुरा, दानवनदी पुल नया“ गाउँ र कञ्चनकोठी पुल निर्माणाधीन अवस्थामा छन् ।
यस्तै, धनेवापुल नवलपरासी तथा बुटवलको तिनाउ पुल पनि निर्माणाधीन अवस्थामा छन् । बुटवलको तिनाउ पुलले पुरानो बुटवललाई जोड्नेछ । यस्तै, नवलपरासीका खजुरा पुल, सुनवर्षा अठिलई पुल र टुटहवा बाँध पुल पनि निर्माणाधीन अवस्थामै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग