परिवारले नै लुकाएको पीडितको आरोप

९ माघ २०७०, बिहीबार १०:०८ मा प्रकाशित

राजविराज, ९ माघ । राजविराज–७ की २४ वर्षीया लक्ष्मी चौधरी अहिले विक्षिप्त अवस्थामा छन् । पति बेपत्ता भएको चार महिना बित्न लाग्दा पनि कुनै जानकारी नपाएपछि उनी विक्षिप्त बनेकी हुन् । सप्तरीको वनरझुला–१ घर भई राजविराजमा अस्थायी बसोबास गर्दै आएका लक्ष्मी चौधरीका २८ वर्षीय पति दुर्गानन्द चौधरी गत १९ कात्तिक देखि बेपत्ता छन् ।
पति बेपत्ता भएपछि लक्ष्मी माइतमै बस्दै आएकी छन् । छोरीको बेहाल भएपछि आमा बिन्दी चौधरी पनि मर्माहत छन् । लक्ष्मी र दुर्गानन्दबीच गत ११ वैशाखमा विवाह भएको हो । लामो समयको प्रेमपछि दुर्गानन्दले लक्ष्मीलाई भगाएर पोखरास्थित तालबाराही मन्दिरमा विवाह गरेका थिए ।
उनीहरूले पोखरामै गत १३ जेठमा कास्की जिल्ला अदालतमा कोर्ट म्यारिज दर्ता गराएका थिए । जिल्ला न्यायाधीश हेमराज पन्तको इजलासमा विवाहले कानुनी मान्यता प्राप्त गरेको थियो । तर, सो विवाहलाई केटाका अभिभावकले अस्वीकार गरेपछि नवदम्पत्ति राजविराजमै भाडाको कोठामा बस्दै आएका थिए । सोही क्रममा दुर्गानन्द गत १९ कात्तिकमा बेपत्ता भएका थिए ।
‘प्रेम विवाहबाट ज्वाइँ दुर्गानन्दका परिवारजन असन्तुष्ट थिए ।’ लक्ष्मीकी आमा बिन्दीदेवीले भनिन्, ‘त्यसैले, ज्वाइँका दाजु रमाकान्त्त चौधरीको दबाब
स्वरूप उनलाई भगाइएको हुन सक्छ ।’ उनले दुर्गानन्दका परिवारजनले प्रयोग गर्ने मोबाइलको टेस्ट गर्दा सबै रहस्य खुल्ने दाबी पनि गरिन् । उनले छोरीलाई न्याय दिलाउन सञ्चारकर्मी, अधिकारवादी र प्रहरीदेखि अदालतसम्म गुहारेकी छन् । उनले अदालतमा मुद्दासमेत दायर गरिसकेकी छन् । यता, प्रहरी उपरीक्षक दिनेश अमात्यले पीडित लक्ष्मीकी आमा बिन्दीदेवीले दिएको उजुरीका आधारमा बेपत्ता चौधरीको खोजतलास भइरहेको बताए । ‘बेपत्ता चौधरीको हुलियासहित सबै प्रहरी कार्यालयमा फोटो र विवरण पठाइसकेका छौं ।’ उनले भने, ‘चाँडै अवस्था पत्ता लाग्नेमा विश्वस्त छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान